CG Electronics
IME Life
NIMB

महालक्ष्मी विकास बैंकद्वारा ३१ औं वार्षिकोत्सवमा ३१ जना महिला उद्यमी सम्मानित

NIMB
Himalayan Bank

 

 

काठमाडौँ । महालक्ष्मी विकास बैंकले आफ्नो ३१ औं वार्षिकोत्सवको अवसरमा देशभरका विभिन्न शाखामार्फत ३१ जना महिला उद्यमीलाई सम्मान गरेको छ। बैंकले मिति २०८२ साल जेष्ठ ७ गते ३१ औं वर्षमा प्रवेश गर्दै वार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रमका साथ मनाइरहेको छ।

महिला उद्यमी सम्मान कार्यक्रमलाई वित्तीय पहुँच विस्तार, आर्थिक विकास, सामाजिक प्रगति तथा लैंगिक समानताको प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको हो। यस सम्मानमार्फत उद्यमशीलता विकासमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ।

यसै क्रममा, बैंकले जेष्ठ ६ गते देशभरका १० वटा शाखा र केन्द्रीय कार्यालयमा बृहत् रक्तदान कार्यक्रम सञ्चालन गरी ३२० पिन्ट रगत संकलन गरेको छ। स्वास्थ्य क्षेत्रमा देखिएको रक्त अभावलाई मध्यनजर गर्दै बैंकले वार्षिकोत्सवको अवसरमा यस्तो कार्यक्रम आयोजना गरेको हो।

जेष्ठ ७ गते, बैंकका केन्द्रीय, प्रादेशिक तथा शाखा कार्यालयका कर्मचारीहरूले आ-आफ्नो स्थानीय भेषभूषामा उपस्थित भई संस्कृति झल्किने गतिविधिहरू प्रस्तुत गरेका थिए। सोही दिन बैंकको केन्द्रीय कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर तथा आँखा परीक्षण शिविर पनि आयोजना गरिएको थियो।

बैंकले वित्तीय साक्षरताको प्रवर्द्धनका लागि प्रभातफेरी कार्यक्रम पनि सञ्चालन गरेको थियो, जसमा मोबाइल बैंकिङ्ग, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण जस्ता सेवा समेटिएका प्लेकार्डहरू प्रयोग गरिएका थिए।

वार्षिकोत्सवको अवसरमा बैंकले आयोजना गर्ने महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२५ (श्रृङखला ४) मा २४ टिमको सहभागिता रहनेछ। उक्त प्रतियोगिता जेष्ठ २१ देखि २४ गतेसम्म सञ्चालन गरिने छ।

महालक्ष्मी विकास बैंकले यस्ता कार्यक्रममार्फत आफ्ना सामाजिक उत्तरदायित्वहरू पूरा गर्दै आर्थिक तथा सामाजिक क्षेत्रमा सक्रिय योगदान दिँदै आएको छ।

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल श्रेष्ठलाई

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल...

वि.सं.२०८३ असार १४ आइतवार १३:१७

  ललितपुर, नेपाल — नेपाली युवा उद्यमी मञ्च (NYEF) ललितपुर...

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो बनाउँदै दिपल पहिलो दिनमै २० दिपल इभी डेलिभरी

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो...

वि.सं.२०८३ असार १३ शनिवार १५:१७

काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको...

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई...

वि.सं.२०८३ असार १३ शनिवार १४:२३

  महेन्द्रनगर, असार १३ । कामना सेवा विकास बैंक लिमिटेडले...

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

वि.सं.२०८३ असार १३ शनिवार १४:२०

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण उत्सव समारोह...

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका एयर कुलर बजारमा

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका...

वि.सं.२०८३ असार १३ शनिवार १४:११

  काठमाडौं। विश्वव्यापी मौसम प्रणाली ‘एल निनो’ (El Niño) को...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत क्क्ष्ए आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत...

वि.सं.२०८३ असार १३ शनिवार १४:०६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...