CG Electronics
IME Life
Ncell NPL

रिलायबल नेपाल लाइफद्वारा २० लाख रुपैयाँको घातक रोग बीमा दाबी भुक्तानी

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोग सुविधाअन्तर्गत चितवनका एक बीमितलाई २० लाख रुपैयाँ बीमा दाबी रकम भुक्तानी गरेको छ। भरतपुर–३ निवासी महेश बानीयाले कम्पनीको हाकिमचोक शाखाबाट २०७७ सालमा १५ वर्षे अवधिको जीवन बीमा खरिद गरेका थिए।

बानीयाले तीन किस्ता मात्र बीमा शुल्क तिरेको अवस्थामा २०८० साल वैशाख २ गते पुरानो मेडिकल कलेज भरतपुरमा सामान्य स्वास्थ्य परीक्षण गराउँदा कलेजोसँग सम्बन्धित गम्भीर समस्या देखिएको थियो। थप उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएपछि २०८१ साल पौष १५ गते उनको कलेजो प्रत्यारोपण गरिएको थियो।

नेपालमा अत्यधिक महँगो मानिने कलेजो प्रत्यारोपणका लागि करिब ४० लाख रुपैयाँ खर्च लाग्ने भएपनि बानीयाले बीमा कम्पनीलाई समयमै जानकारी गराउँदै सम्पूर्ण कागजात पेश गरेपछि रिलायबल नेपाल लाइफले छोटो समयमै प्रक्रिया पूरा गरी २० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो।

२०८२ जेठ ७ गते हाकिमचोक शाखामा आयोजित कार्यक्रममा शाखा प्रमुख राजकुमार दाहालले बीमितलाई चेक हस्तान्तरण गरेका थिए। कार्यक्रममा बोल्दै बानीयाले जीवन बीमाको विश्वसनीयता र समयमा प्राप्त सेवा प्रति धन्यवाद दिँदै बीमा अभिकर्ता सरस्वती गौतमप्रति आभार व्यक्त गरे।

उक्त कार्यक्रममा उपस्थित वक्ताहरूले बीमाको महत्व, भविष्यको अनिश्चित जोखिम, बचत, बोनस सुविधा र नेपालमा बीमा संस्कृतिको विकास आवश्यकतामा जोड दिए। कार्यक्रममा हाकिमचोक शाखाका वरिष्ठ एजेन्सी म्यानेजर मनोज चौलागाईं, बिष्णुकुमारी कुँवर, समिता दराई, तारा कुमाल, जानकी शाह श्रेष्ठलगायत एजेन्सी प्रतिनिधिहरूको पनि उपस्थिति थियो।

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:४३

काठमाडौं । विकास निर्माणका काममा लामो समयदेखि देखिँदै आएको भुक्तानी...

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड,...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:३६

  काठमाडौं । सरकारले डिजिटल प्लेटफर्ममार्फत सञ्चालन हुने राइड सेयरिङ...

सीमामा सरकारको कडाइले बिस्कुट उद्योगी उत्साहित, ५ हजार नयाँ रोजगारी थपिने अपेक्षा

सीमामा सरकारको कडाइले बिस्कुट उद्योगी उत्साहित, ५...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:५६

  काठमाडौं । सरकारले सीमा नाकामा थालेको पछिल्लो कडाइ र...

सिटिजन लाइफलाई ISO 9001:2015 प्रमाणिकरण – गुणस्तरीय सेवामा अन्तर्राष्ट्रिय मान्यता

सिटिजन लाइफलाई ISO 9001:2015 प्रमाणिकरण – गुणस्तरीय...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १०:०४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गुणस्तरीय सेवा, प्रभावकारी...

माउन्ट एभरेष्ट पावरको २५ लाख ८० हजार कित्ता आईपीओ निष्काशन हुँदै

माउन्ट एभरेष्ट पावरको २५ लाख ८० हजार...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:५१

  काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आगामी वैशाख...

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...