CG Electronics
IME Life
NIMB

जनजातिहरुको विकासका लागि गम्भीर हुन् राष्ट्रिय प्रतिष्ठानलाई मन्त्री गुप्ताको निर्देशन

NIMB
Himalayan Bank

 

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले देशको करिब ३७ प्रतिशत जनसंख्या ओगटेको आदिवासी जनजातिहरुको विकास र उत्थानको विषयमा गम्भीर भएर पहलकदमी लिन आदिवासी जनजाति उत्न राष्ट्रिय प्रतिष्ठानलाई निर्देशन दिनुभएको छ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २५ औं सञ्चालक परिषद्को बैठकमा बोल्दै मन्त्री गुप्ताले नेपालमा आदिवासी जनजाति सूचिकरणको विषय निकै जटिल र पेचिलो भएको बताउनुभयो। हुम्लो समुदायलाई आदिवासी जनजाति भित्र सूचिकृत गर्ने विषय लामो समयदेखि छलफल रहेको सुनिएको भन्दै सूचीकरणका लागि प्रतिष्ठानबाट आवश्यक कागजात प्राप्त भए मन्त्रालय मार्फत मन्त्रिपरिषद्‍मा पेश गरिने बताउनुभयो।

प्रतिष्ठानको कार्यालय संचालनका लागि हालसम्म आफ्नो भवन नहुँदा कामकाजमा समस्या भइरहेको वैठकमा उपस्थितहरुको गुनासोमा मन्त्री गुप्ताले हालसम्म भाडा घरमा संचालन हुँदै आएको प्रतिष्ठानको आफ्नै भवन निर्माणका लागि आवश्यक पहल गर्ने विश्वास दिलाउनुभयो।

प्रतिष्ठानको सह-अध्यक्ष समेत रहनुभएका मन्त्री गुप्ताले आदिवासी जनजातिहरुको साझा सरोकारका विषयहरुमा छलफल आवश्यक रहेको भन्दै सोसँग सम्बन्धित विषयहरु प्रस्ताव गरी राज्यले गर्नुपर्ने जिम्मेवारीको सम्दर्भमा मसिनो तरिकाले छलफल गर्न प्रतिष्ठान समितिलाई सुझाव दिनुभएको थियो।

प्रतिष्ठानको नियमावली र विनियम संशोधन नहुँदा त्याहाँ कार्यरत कर्मचारीहरुको वृतिविकास रोकिएको समिति पदाधिकारीहरुको गुनासोमा मन्त्री गुप्ताले कर्मचारीको आवश्यक वृति विकासका लागि गर्नुपर्ने नियमावली र विनियम संशोधनका लागि अध्ययन गरी पेश गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिनुहुँदै आदिवासी जनजातिको महत्वपूर्ण मुद्दाको रुपमा रहेको आइएलओ महासन्धी १६९ अनुरुपको कार्ययोजना निर्माण गर्न मन्त्रालयले अग्रसरता लिने बताउनुभयो।

परिषद्को अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा वलीले परिषद्‍ बैठकलाई उद्‍घाटन गर्दै कार्य व्यवस्तताले बैठकको अध्यक्षता गर्न परिषद् सह-अध्यक्ष तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई निर्देशन दिनुभएको थियो। उद्‍घाटनको क्रममा प्रधानमन्त्री वलीले २०४७ सालपछि हालसम्को महत्वपूर्ण उपलब्धीहरु भएको भन्दै लोकतन्त्रको प्रयोग/अभ्यासमा मतभेद देखिनु धेरै अस्वभावक नभएको र भएका कमजोरीबाट सच्चिएर अगाडी बढ्न सकिन्छ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २५ औ सञ्चालक परिषद्को बैठक जेठ १९ र २० गते दुई दिन आदिवासी जानजातिहरुको साझा समस्या बाहेक विशिष्टिकृत समस्या पहिचान र सामाधानका उपायहरु सहित सम्पन्न हुने परिषद्ले जनाएको छ ।

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...