Ncell NPL
NIMB
NMB Bank

पत्रकारिताबाट साहित्यसम्म : वियोगीको ‘सत्यम्’ कथासङ्ग्रह सार्वजनिक

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । पत्रकार तथा साहित्यकार लक्ष्मण वियोगीको पहिलो कथासङ्ग्रह ‘सत्यम्’ सार्वजनिक गरिएको छ। पेज टर्नर प्रालिको प्रकाशनमा आएको यो कृति जेठ २४ गते शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभाकक्षमा एक समारोहबीच लोकार्पण गर्न लागिएको हो ।

दुई दशकदेखि नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय वियोगीले यस कृतिमा मुख्यतः पश्चिम नेपाल, विशेषतः स्याङ्जा जिल्लाको भाषा, संस्कृति, जीवनशैली तथा माओवादी जनयुद्धको सन्दर्भ समेटिएका विविध सामाजिक आयामहरू प्रस्तुत गरेका छन्।

पेज टर्नरका कार्यकारी निर्देशक जयराम तिमल्सिनाका अनुसार ‘सत्यम्’ मा समावेश कथाहरू यथार्थवादी धारा प्रतिनिधित्व गर्छन्। सामाजिक विभेद, असमानता, युद्धका पीडा तथा लोकसंस्कृतिको सजीव चित्रण कथाहरूको विशेषता हो। बाल्यकालका सम्झनामा मिसिएका लोकभाकाको स्पर्श र पहाडी जनजीवनको सुगन्ध कथाहरूमा झल्किन्छ।

वियोगीले यसअघि नेपाल समाचारपत्र, नागरिक दैनिक लगायतका विभिन्न पत्र–पत्रिकामा कार्य अनुभव सँगालेका छन्। हाल उनी ऊर्जा क्षेत्रमा केन्द्रित अनलाइन तथा अर्धवार्षिक पत्रिका ‘ऊर्जा खबर’ का सम्पादकका रूपमा कार्यरत छन्।

कथा र निबन्ध विधामा विशेष रुचि राख्ने वियोगीको साहित्यिक योगदान उल्लेखनीय छ। ‘कोरोनाको कर्खा’ शीर्षक निबन्धले ‘कविडाँडा राष्ट्रिय निबन्ध प्रतियोगिता २०७८’ मा प्रथम स्थान हासिल गरेपछि उनले लेखनमा छुट्टै पहिचान बनाएका छन्। यस्तै, ‘डिसहोम–बाह्रखरी’ राष्ट्रव्यापी कथा प्रतियोगितामा उनको कथा ‘टाउको’ दोस्रो स्थानमा परेको थियो। उनले रचना गरेका करिब दर्जनजति आधुनिक तथा लोक–आधुनिक गीतहरू पनि रेकर्ड भइसकेका छन्।

‘सत्यम्’ कथासङ्ग्रह वियोगीको कथा लेखन यात्राको नयाँ अध्यायको रूपमा रहेको छ, जसले समकालीन नेपाली समाजको विविधता, विडम्बना र सुन्दरतालाई साहित्यिक स्वर दिइरहेको छ।

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेट, द्विपक्षीय सहकार्य विस्तारमा जोड

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेट,...

वि.सं.२०८३ वैशाख २ बुधवार २०:५४

  काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जापानका...

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालयमा सिल, १० विलासी गाडी नियन्त्रणमा

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा...

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४४

  काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी दीपक...

नौ महिनामा ८४.११ प्रतिशत राजस्व संकलन, पुँजीगत खर्च भने निराशाजनक

नौ महिनामा ८४.११ प्रतिशत राजस्व संकलन, पुँजीगत...

वि.सं.२०८३ वैशाख २ बुधवार १२:१९

  काठमाडौं । चालू आर्थिक वर्ष २०८२÷८३ को पहिलो नौ...