CG Electronics
IME Life
NIMB

चिनियाँ भाषाको प्रशिक्षण लिनेहरु सांस्कृतिक दूत बन्न सक्छन् : मन्त्री पाण्डे

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपालका पर्यटन पेशाकर्मीहरुका लागि चिनियाँ भाषा प्रशिक्षण सुरु भएको छ । नेपाल पर्यटन बोर्ड र नेपालस्थित चिनियाँ दूतावासको संयुक्त आयोजनामा बोर्डको सभाहलमा शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले चिनियाँ भाषा प्रशिक्षणको सातौं व्याचको औपचारिक उदघाटन गरेका हुन् ।

नेपालका पर्यटन पेशाकर्मी तथा व्यवसायीहरुलाई लक्षित गर्दै सुरु गरिएको भाषा प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै मन्त्री पाण्डेले चिनियाँ भाषाको प्रशिक्षण कार्यक्रमले नेपालको पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले भने, ‘चिनियाँ भाषाको ज्ञानले नेपाल चीनसम्बन्धमा सेतुको काम गर्नेछ र यसले पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने विश्वास लिएको छु ।’

मन्त्री पाण्डेले भाषिक ज्ञान हुनु भनेको सम्पत्ति थप्नुजस्तै भएको उल्लेख गर्दै जति धेरै भाषिक ज्ञान हासिल गर्न सकियो त्यति नै योग्यता अभिवृद्धि भएको ठान्नुपर्ने बताए । चिनियाँ भाषाको अनुवादक हुनु भनेको सीपयुक्त जनशक्ति निर्माण हुनु पनि भएको उल्लेख गर्दै चिनियाँ भाषाको प्रशिक्षण लिनेहरु सांस्कृतिक दूतको रुपमा काम गर्न सक्ने बताए । मन्त्री पाण्डेले कार्यक्रममा सहभागी चिनियाँहरुलाई नेपालको प्रकृति हेर्नका लागि आह्वान गर्नसमेत आग्रह गरेका छन् ।

जलवायु परिवर्तनका कारण नेपालका हिमालहरुमा हिउँ कम देखिने गरेको उल्लेख गर्दै जलवायु परिवर्तन न्यूनिकरण र अनुकुलनका कामहरु पनि भइरहेको मन्त्री पाण्डेले बताएका छन् । त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि चिनियाँ राजदूत छेन सोङले नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औं वर्षगाँठका अवसरमा सातौं भाषा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताएका छन् ।

 

चिनियाँ भाषाको ज्ञान हुनु भनेको विश्वको सबैभन्दा ठूलो पर्यटन बजारको लाभ हासिल गर्ने सुवर्ण अवसर भएकोसमेत राजदूत सोङले बताएका छन् । नेपालमा चिनियाँ भाषा प्रशिक्षणको विगतका ६ वटा व्याचबाट २४० जना प्रशिक्षित भइसकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल चीनबीचको सम्बन्ध बलियो बनाउन नेपालका पर्यटन पेशाकर्मीहरुलाई चिनियाँ भाषा प्रशिक्षण गराउने सहमति भए अनुरुप सन् २०१६ देखि नेपालमा चिनियाँ भाषा प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेको छ ।

 

पर्यटन पूर्वाधार र नीतिगत सुधार कार्यान्वयनमा ढिलाइ हुँदा क्षेत्र प्रभावित : दीपकराज जोशी

पर्यटन पूर्वाधार र नीतिगत सुधार कार्यान्वयनमा ढिलाइ...

वि.सं.२०८३ जेठ १२ मंगलवार २३:२९

  काठमाडौं । नेपाल पर्यटन बोर्ड का प्रमुख कार्यकारी अधिकृत...

पर्यटन कथा, संस्कृति र व्यवस्थापनको विषय हो : मन्त्री पौडेल

पर्यटन कथा, संस्कृति र व्यवस्थापनको विषय हो...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:३२

  काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज...

उद्योगी–व्यवसायीको गुनासो : कर, अनुगमन र अस्थिर नीतिले बजार थलियो

उद्योगी–व्यवसायीको गुनासो : कर, अनुगमन र अस्थिर...

वि.सं.२०८३ जेठ १२ मंगलवार २०:२५

  काठमाडौं । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुन केही...

जगद्गुरु शंकराचार्यद्वारा भालेश्वर महादेव मन्दिरमा विशेष पूजा–अर्चना सम्पन्न

जगद्गुरु शंकराचार्यद्वारा भालेश्वर महादेव मन्दिरमा विशेष पूजा–अर्चना...

वि.सं.२०८३ जेठ १२ मंगलवार १०:२६

  काठमाडौं । दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठका पीठाधीश्वर अनन्तश्रीविभूषित जगद्गुरु...

छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन : आवेदन स्वीकृत गर्ने क्रम जारी

छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन...

वि.सं.२०८३ जेठ १२ मंगलवार ०८:५३

  काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका विद्यालयहरूबाट कक्षा ११ र...

नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय सेफ सोसाइटी

नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय...

वि.सं.२०८३ जेठ १२ मंगलवार ०८:५१

  पोखरा । नेपाली मौलिक खान संस्कृति, पाककला तथा पर्यटन...