CG Electronics
IME Life
NIMB

तीन करोड लगानीमा दरबारमार्गमा खुल्यो स्केचर्स ब्राण्डको आधिकारिक स्टोर, सिभिल मलमा विस्तार गर्ने तयारी

NIMB
Himalayan Bank

 

काठमाडौं । अन्तर्राष्ट्रिय स्तरमै बजार विस्तारमा आक्रामक बन्दै गएको फुटवेयर ब्रान्ड स्केचर्सले नेपालमै पहिलो पटक तीन करोड रुपैयाँको लगानीमा दरबारमार्गमा आधिकारिक स्टोर खोलेको छ । शुक्रबारदेखि दरबारमार्गमा औपचारिक रुपमा स्टोर उद्घाटन गरी विक्री सुरु गरेको विश्वप्रसिद्ध अमेरिकी फुटवेयर ब्रान्ड स्केचर्सले आगामी असोज महिना भित्रै सुन्धारास्थित सिभिल मलमा पनि स्टोर खोल्ने जनाएको छ ।

हालका लागि यो नेपालमा रहेको एकमात्र आधिकारिक स्केचर्स स्टोर भएको कम्पनीले स्पष्ट पारेको छ । उक्त स्टोरमा २०२५ सिजनका नवीनतम संग्रहहरूसहित आधिकारिक च्यानलबाट मात्र उपलब्ध हुने एक्सक्लुसिभ इनलाइन उत्पादनहरू समेत प्रस्तुत गरिएको कम्पनीको भनाइ छ ।

काठमाडौंको प्रमुख व्यापारिक केन्द्र दरबारमार्गमा खुलेको यो स्टोरले जीवनशैली र परफरमेन्स दुवैका लागि उच्च गुणस्तरयुक्त फुटवेयर उपलब्ध गराउनेछ । स्केचर्सका उत्पादनहरुले सजिलो, नवीनता र आधुनिक शैलीका लागि विश्वमै ख्याति कमाएका छन् । जुन स्केचर्सको पहिचान नै बनिसकेकोहो । नेपालमा आफ्नो सञ्जाल विस्तार गर्दै जाने योजनाअनुसार स्केचर्सले अर्को महिना कमलपोखरीस्थित सिटी सेन्टरमा दोस्रो स्टोर खोल्ने तयारी गरेको छ ।

‘नेपालमा स्केचर्सको सम्पूर्ण रिटेल अनुभव प्रस्तुत गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौं,’ कम्पनीका एमडी विश्वास थोकरले भने,‘यो नेपाली ग्राहकलाई विश्वस्तरीय फुटवेयर प्रदान गर्ने हाम्रो प्रतिबद्धताको महत्वपूर्ण सुरुआत हो ।’

यस अघि नेपाली ग्राहकले अमेरीका बाट नै उक्त ब्राण्डका जुत्ता मगाएर लगाउनुपर्ने अवस्था थियो । तर अबदेखि ग्राहकहरुले नेपालमै यो ब्राण्डका जुत्ता चप्पल खरिद गर्न पाउने छन् । यसै वर्ष उपत्यका बाहिर पनि यसका विभिन्न शाखा विस्तार गर्ने उनले जानकारी दिए ।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...