NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

कामना सेवा विकासद्धारा दृष्टीविहीनलाई वित्तीय साक्षरता प्रदान 

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले सर्वोदय परियोजना, समावेशी अक्षर र अनुसन्धानसँगको सहकार्यमा शनिबार काठमाडौंका विभिन्न स्थानमा रहेका दृष्टीविहीनहरुलाई वित्तीय साक्षरता प्रदान गरेको छ ।

बैंकका ब्राण्डीङ तथा सिएसआर विभाग प्रमुख सुशिल पौडेलले बचतको महत्व, व्यक्तिगत बजेट निर्माण, पारिवारिक बजेट निर्माण, आर्थिक अनुशासन, आर्थिक लक्ष्य, भविष्यका लगानीका अवसरहरु, डिजिटल कारोवार, डिजिटल ठगी लगायतका विषयहरुमा वित्तीय साक्षरता प्रदान गर्नुभएको थियो ।

उक्त कार्यक्रममा ४० जना भन्दा बढि दृष्टीविहीनहरुको उपस्थिती रहेको थियो । वित्तीय साक्षरता कार्यक्रमको समापनमा बोल्दै दृष्टीविहीन कृष्ण खत्री अविरलले वित्तीय साक्षरता समयमै नपाउँदा आफुले बैंक मार्फत् कारोवार नगरेको, आफुले कमाएको, बचाएको पैसा साथीहरुलाई राख्न दिनुपरेको र उक्त पैसाको जतन हुने नहुने कुरामा समेत आफू विश्वस्त हुन नसकेको बताउनु भयो ।

दृष्टीविहीनहरुले पनि अन्य व्यक्तिहरुले सरह अब बैंकमा खाता खोलेर कारोवार गर्न मिल्ने भए पछि अब देखी आफ्ना वित्तीय कारोवारहरु बैंक मार्फत् मात्र गर्ने बताउनुभयो । सोही कार्यक्रममा बोल्दै दृष्टीविहिन बिक्रम पथरियाले वित्तीय साक्षरता कार्यक्रम पश्चात आफुलाई सानो बचतले भविष्यमा ठुलो काम गर्न सकिने आशा पलाएको बताउनुभयो ।

सोही कार्यक्रममा बोल्दै सर्वोदय परियोजनाका सौगात वाग्लेले दृष्टीविहीनहरुलाई कामना सेवा विकास बैंकले अन्य व्यक्तिहरुलाई जस्तै मोबाईल बैंकिङ, एटिएम कार्ड लगायतका सुविधाहरु प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । वाग्ले आफू पनि दृष्टीविहीन भएको र अन्य व्यक्तिहरुले जस्तै बैंकिङ सेवाहरु प्राप्त गरि सुरक्षित रुपले बैंकिङ सेवाहरु उपभोग गरिरहेको बताउनुभयो ।

कामना सेवा विकास बैंकले दृष्टीविहीनहरुलाई लक्षित गरेर स्वाभिमान बचत खाता संचालनमा ल्याईरहेको छ । उक्त खाता खोलेका दृष्टीविहीनहरुले अन्य व्यक्तिहरुले सरह मोबाईल बैंकिङ, एटिएम कार्ड लगायतका सुविधाहरु प्रयोग गर्न सक्ने बैंकले जनाएको छ । बैंकले उक्त खाता खोल्नको लागि दृष्टीविहीन भएकै कारणले अतिरिक्त कुनै पनि कागजात वा अन्य कोही साक्षी आवश्यक नपर्ने र खाता संचालन सम्बन्धी शर्तहरु ब्रेल लिपीमा समेत उपलब्ध गराउने गरेको जनाएको छ ।

 

एनआईएमबी बैंक प्रकरणमा सिबिफिनको प्रश्न : बैंकिङ निर्णय र आपराधिक कसूरबीच स्पष्ट भिन्नता हुनुपर्छ

एनआईएमबी बैंक प्रकरणमा सिबिफिनको प्रश्न : बैंकिङ...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:५१

काठमाडौं । नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले गरेको धितो लिलाम...

हरित उद्यमको वित्तीय पहुँच विस्तार गर्न कुमारी बैंक र हेल्भेटास नेपालबीच सहकार्य

हरित उद्यमको वित्तीय पहुँच विस्तार गर्न कुमारी...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:४१

  काठमाडौं । हरित उद्यम तथा जलवायु–उत्थानशील व्यवसायको वित्तीय पहुँच...

एनएमबि बैंकको डिजिटल फड्को, अनलाइनबाटै कर्जा आवेदन र रियल–टाइम ट्र्याकिङ

एनएमबि बैंकको डिजिटल फड्को, अनलाइनबाटै कर्जा आवेदन...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:३३

  काठमाडौं । एनएमबि बैंकले डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी...

प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक

प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:१५

  काठमाडौँ, नेपाल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स...

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा अब ६० सेकेन्ड पल्स दर लागू

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा अब ६० सेकेन्ड...

वि.सं.२०८३ भदौ ४ बिहीवार १०:३८

  काठमाडौं । एनसेलले अन्तर्राष्ट्रिय आउटगोइङ अर्थात् बहिर्गमन कलका लागि...

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता हुँदै

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०९:३७

  काठमाडौं । नेपालको बीमा क्षेत्रमा गौरवशाली इतिहास बोकेको नेपाल...