CG Electronics
IME Life
NIMB

ऋण दिँदैमा व्यवसायी सफल हुँदैनन् : गभर्नर पौडेल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले ऋण दिँदैमा व्यवसायी सफल हुन नसक्ने टिप्पणी गरेका छन् ।

पछिल्लो तीन दशकमा बैंकबाट ऋण कसरी प्रवाह हुन्छ भनेर परीक्षण गरिसकेकाले ऋण दिँदैमा व्यवसायी सफल हुन नसक्ने उनको भनाइ थियो ।

अर्थ समितिको आइतबारको बैठकमाउनले बैंकमा पर्याप्त तरलता रहेपनि व्यवसायी र किसानसँग पर्याप्त सीप क्षमता नभए त्यसको माग हुन नसक्ने उल्लेख गरे । गभर्नर पौडेलले देशको विकासलाई अघि बढाउन वित्तीय नीतिमै सुधार गर्नुपर्ने उनले बताए ।

‘देशको विकासलाई अघि बढाउने भनेको वित्तीय नीतिले नै हो । वित्तिय नीतिले लिड लियो भने मात्रै हामीले कदममा कदम मिलाउने हो । बैंकमा पर्याप्त तरलता रहे पनि व्यवसायी र किसानसँग पर्याप्त सीप क्षमता नभए त्यसको माग हुन नक्दैन । मृगको सङ्ख्या नबढाई बाघको सङ्ख्या बढ्दैन । ऋण दिँदैमा व्यवसायी सफल भएर निस्किँदैन उनले भने ’ ।

सांसद भगवती चौधरीले सानो पुँजी भएका वित्तीय संस्थालाई दुई प्रतिशतको व्यवस्थालाई निरन्तरता दिनुपर्ने बताइन् ।

‘वित्त कम्पनीहरु स्लो मोसनमा अगाडि बढ्यो होला । २ प्रतिशत एकैचोटि धेरैलाई गर्दा एक प्रतिशत पनि बाँटफाँट गर्न पर्नेभयो । बैंकरहरुले कर्जा लिन नपाउने हुँदा २ प्रतिशतमा राख्दै राम्र्रो हुन्छ भन्ने लाग्छ,’ उनले भनिन् । त्यस्तै कार्यक्रममा बोल्दै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बैंकहरु सरकारी स्वामित्वको मात्रै हुनुपर्ने माग राखेका थिए ।

‘पार्टीले देश सन्चालन गर्ने हो । दर्शन, सिद्धान्त र व्यवहारको आधारमा देश चल्दैन । त्यही भएर अर्थतन्त्र पनि त्यही बाटोमा गएको छ । अर्थतन्त्र जसले हात पार्छ राजनीति पनि उसले नै हात पार्ने भए त दर्शन, सिद्धान्त काम लाग्दैन । कसैले बैकं खोलेर राजनीति गर्छ भने कसैले फरक तरिकाले गर्छ । निजी बैकंहरु र वित्तिय संस्था स्थापना गर्ने होइन । बैंकहरु राज्यकै स्वामित्वको मात्रै हुनुपर्छ,’ उनले भने ।

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...