CG Electronics
IME Life
NIMB

जेडटीई फोनमा अब बिना ब्याज किस्ताको सुविधा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । ग्लोबल टेक जायन्ट जेडटीई कर्पोरेसनले आफ्ना ३ मोडेलका स्मार्टफोनहरूमा शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी योजना ल्याएको छ।

यो योजनाअनुसार प्रयोगकर्ताहरूले अत्याधुनिक सुविधायुक्त जेडटीई भी७० म्याक्स र प्रिमियम जेडटीई भी७० डिजाइन मोडेलका स्मार्टफोनहरू ६ महिनाको सहज मासिक किस्तामा खरिद गर्न सक्नेछन् । यस किस्ताबन्दी योजना अन्तर्गत इच्छुक खरिदकर्ताले केवल आफ्नो नेपाली नागरिकता प्रमाणपत्रको भरमा नयाँ स्मार्टफोन किन्न सक्नेछन । यस बाहेक यसमा कुनै जटिल कागजी प्रक्रिया नरहेको र ब्याज पनि नलाग्ने कम्पनिले जानकारी दिएको छ ।

प्रयोगकर्ताहरूलाई सरल र सहज किनमेल अनुभव प्रदान गर्ने उद्देश्यले जगदम्बा हायर पर्चेजसँगको साझेदारीमा जेडटीईले यस विशेष योजना सार्वजनिक गरेको हो। नेपालमा १५ हजार देखि २० हजार रूपैयाँका फोनहरुमा पनि किस्ताबन्दी सुविधा ल्याउने जेडटीई दोस्रो ब्रान्ड बनेको छ ।

यस शुन्य प्रतिशत ब्याजदर किस्ताबन्दि योजना अनुसार १५,९९९ मूल्य रहेको भी७० म्याक्स (६+१२८ जिबी) स्मार्टफोन मोडेल खरिद गर्न चाहनेले रूपैयाँ ६ हजार ४ सय अग्रिम भुक्तानी गरेपछि बाँकी रकम ६ महिनासम्म मासिक १,६०० किस्तामा तिर्न सकिन्छ।

यस्तै, १६,९९९ मूल्य रहेको भी७० डिजाइन (८+१२८ जिबी) मोडेलका लागि प्रयोगकर्ताले ६,८०० अग्रिम भुक्तानी गरेपछि बाँकी रकम ६ महिनासम्म मासिक १,७०० किस्तामा तिर्न सकिन्छ। अलि बढी स्टोरेज क्षमता भएको फोन खोजिरहेका प्रयोगकर्ताका लागि १८,९९९ मूल्यको भी७० डिजाइन (८+२५६ जिबी) स्मार्टफोन मोडेल खरिद गर्दा रूपैयाँ ७,६०० अग्रिम भुक्तानी गरेपछि बाँकी रकम मासिक १,९०० किस्तामा ६ महिनासम्म तिर्न सकिन्छ।

यस शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी योजनामार्फत जेडटीईले अत्याधुनिक प्रविधिलाई अझ पहुँचयोग्य र सर्वसुलभ बनाउने प्रयासलाई थप मजबुत बनाएको छ। नयाँ स्मार्टफोन किन्न चाहने हरेक प्रयोगकर्ताहरूका लागि यो अवसर निकै उपयुक्त र प्रभावकारी सावित हुने विश्वास गरिएको छ।

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै प्रदेशमा योग कार्यक्रम

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै...

वि.सं.२०८३ असार ८ सोमवार ०९:२२

काठमाडौं। नेपाल एसबीआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय योग दिवस २०२६ को...

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्ड

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ...

वि.सं.२०८३ असार ८ सोमवार ०९:१७

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘१८औँ कर्पोरेट बिजनेस...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...