CG Electronics
Ncell NPL
NIMB

मन्त्री देवेन्द्र दाहालको एक वर्ष : पुँजीगत खर्च ७६.४१ प्रतिशत, सबै जिल्लामा सडक पहुँच

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आफ्नो एक वर्ष कार्यकालमा भएको कार्यसम्पादन सार्वजनिक गरेका छन् । शुक्रबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच उनले एक वर्ष कार्यकालमा भएको कार्यसम्पादन सार्वजनिक गरेका हुन् । कार्यसम्पादन गर्दै मन्त्री दाहालले मन्त्रालयको बिगत ६ वर्षको पुँजीगत खर्च तुलना गर्दा आर्थिक बर्ष २०८१÷८२मा सवैभन्दा बढी ७६.४१ प्रतिशत प्रगती भएको जानकरी दिए । उनको अनुसार यहि अवधिमा राष्ट्रिय सडक सञ्जाल र यातायातको पहुँच पुग्न बाँकी हुम्ला सदरमुकाम सिमकोट समेत राष्ट्रिय राजमार्गको सञ्जालमा जोडिएर सवै जिल्लाहरुमा यातायातको पहुँच स्थापित भएको छ ।

 

साथै ९३० किलोमिटर कालोपत्रे गर्ने र ९३२ किमी कालोपत्रे सम्पन्न, १५० वटा पुल निर्माण गर्ने लक्ष्य रहेकामा १०५ वटा पक्की पुल निर्माण सम्पन्न तथा १० वटा बेलीवृज जडान भएका छन् ।
उनले भने,‘यस मन्त्रालयको बिगत ६ वर्षको पुँजीगत खर्च तुलना गर्दा आ.व. २०८१÷८२मा सवैभन्दा बढी ७६.४१ प्रतिशत प्रगती, जुन औसत राष्ट्रिय पूँजीगत खर्च भन्दा करिव १३ प्रतिशत बढी भएकोमा खुसी व्यक्त गर्दछु ।

 

यसैगरी यहि अवधिमा राष्ट्रिय सडक सञ्जाल र यातायातको पहुँच पुग्न बाँकी हुम्ला सदरमुकाम सिमकोट समेत राष्ट्रिय राजमार्गको सञ्जालमा जोडिएर सवै जिल्लाहरुमा यातायातको पहुँच स्थापित भएको छ । एक वर्षको अवधिमा ९३० किमी कालोपत्रे गर्ने लक्ष्य रहेकोमा ९३२ किमी कालोपत्रे सम्पन्न, १५० वटा पुल निर्माण गर्ने लक्ष्य रहेकोमा १०५ वटा पक्की पुल निर्माण सम्पन्न तथा १० वटा बेलीवृज जडान भएका छन ।’

 

त्यस्तै उनले रुग्ण आयोजनाहरुको पहिचान र व्यवस्थापनलाई प्रमुख प्राथमिकता दिएर काम गरेको पनि बताए । आयोजनाहरु शुरु हुने तर पूरा नभई अलपत्र हुने परिपाटीको अन्त्यका लागि समिति गठन गरिएको र सो समितिले अध्ययन गरी दिएको प्रतिवेदन कार्यान्वयन गरी रुग्ण ठेक्काको संख्या उल्लेख्य मात्रामा घटाइएको उनको भनाइ छ ।

‘मन्त्रालयले यस अवधिमा रुग्ण आयोजनाहरुको पहिचान र व्यवस्थापनलाई प्रमुख प्राथमिकता दिएर काम गरेको छ । आयोजनाहरु शुरु हुने तर पूरा नभई अलपत्र हुने परिपाटीको अन्त्यका लागि समिति गठन गरिएको र सो समितिले अध्ययन गरी दिएको प्रतिवेदन कार्यान्वयन गरी रुग्ण ठेक्काको संख्या उल्लेख्य मात्रामा घटाईएको छ,’ ’उनले भने

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेट, द्विपक्षीय सहकार्य विस्तारमा जोड

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेट,...

वि.सं.२०८३ वैशाख २ बुधवार २०:५४

  काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जापानका...