CG Electronics
IME Life
NIMB

‘सोफा हब’को बुटवलमा १०औँ शाखा सञ्चालन, विशेष अफर घोषणा

NIMB
Himalayan Bank

काठमाडौँ । ‘सोफा हब काठमाडौँ’ले रुपन्देहीको बुटवलमा १०औँ शाखा सञ्चालनमा ल्याएको छ । श्रावण १ गते आफ्नो पाँचौं वार्षिकोत्सव मनाउँदै गरेको सोफा हबले सोही अवसर पारेर बुटवलमा १०औँ शाखा सञ्चालनमा ल्याएको हो ।

उद्घाटन समारोहसँगै कम्पनीले सम्पूर्ण शाखाका ग्राहकका लागि विशेष छुट योजना सार्वजनिक गरेको छ। सो योजना अनुसार बुटवल शाखाबाट खरिद गर्ने ग्राहकलाई निःशुल्क डेलिभरी, सोफा किन्दा १० देखि १५ वर्षको वारेन्टी साथै रु. ५,००० देखि २०,००० सम्मको छुट प्रदान गर्ने कम्पनीका प्रोप्राइटर तारालाल धरेलले जानकारी दिए ।

उनका अनुसार ‘सोफा हब काठमाडौँ’ ले हालसम्म काठमाडौँको गोठाटार हाइट, कलंकी (मालपोत कार्यालय नजिकको सानिमा बैंक भवन), सामाखुसी (रेडोन कलेज नजिक कोइराला मार्ट), चितवनको लंकुमा दुइ सोरुम र फ्याक्ट्री सहित २ ठाउँमा, पोखराको मालेपाटन गणतन्त्र चोकमा, नेपालगन्जको राझामा, बिर्तामोडको एनएमसी बिल्डिङमा, धनगढी अत्तरियाको लोटस गल्लीमा र बुटवलमा गरी जम्मा १० वटा शाखा सञ्चालनमा ल्याएको छ।

उनका अनुसार श्रावणको पहिलो हप्ताभरि जुनसुकै शाखाबाट रु. ३५,००० भन्दा माथिको सोफा खरिद गर्ने ग्राहकलाई १५ प्रतिशत छुट दिइनेछ। साथै, गोठाटार शाखाबाट खरिद गर्ने ग्राहकलाई स्मार्ट वाच उपहारमा दिइने व्यवस्था पनि गरिएको छ।

कम्पनीले भरपर्दो, गुणस्तरीय र सस्तो सोफा उपलब्ध गराउँदै आएको सोफा हबको भनाइ छ ।

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ फेसलिफ्टेड कुशाक सार्वजनिक

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ...

वि.सं.२०८३ असार २९ सोमवार १२:०२

काठमाडौं। स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई...