CG Electronics
IME Life
NIMB

आदिवासी भाषालाई डिजिटल बनाउन जरुरी छ : नारायणप्रसाद दाहाल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आदिवासी जनजातिका भाषा अब डिजिटल माध्यमबाट प्रयोगमा ल्याउन जरुरी रहेको बताएका छन्। साउन २२ गते बिहीबार वसन्तपुर डबलीमा भएको ‘प्रोमोटिङ इन्डिजिनियस नलेज सिस्टम’ (आदिवासी ज्ञान प्रवद्र्धन) कार्यक्रममा उनले यस्तो बताएका हुन्। ३१औं विश्व आदिवासी दिवस कार्यक्रम आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, युनेस्को नेपाल र एफएओ नेपालले संयुक्त रूपमा आयोजना गरेका हुन्।

अध्यक्ष दाहालले भने, “कृत्रिम बौद्धिकता (एआई) र प्रविधि प्रयोग गरेर आदिवासी जनजातिका हराउँदै गएका भाषा, लिपि, मौखिक परम्परा, गीत, कथा, वस्तुकला, औषधीय ज्ञानजस्ता सम्पदालाई जोगाउन र विश्वभर चिनाउन सकिन्छ। उदाहरणका लागि, नेवार समुदायको नेपाल भाषा अहिले गुगलमा छ – यो नै प्रविधिको सही प्रयोग हो।”

उनले यो वर्षको विश्व आदिवासी दिवस आदिवासी समुदायको भाषा र परम्परागत खानालाई केन्द्रमा राखेर मनाइँदैछ भन्ने जानकारी पनि दिए। यस्तो कार्यक्रममा सहभागी भएर आदिवासी पहिचानलाई सम्मान दिन सकिन्छ। संयुक्त राष्ट्रसंघले सन् १९९४ मा अगस्ट ९ तारिखलाई विश्व आदिवासी दिवसको रूपमा मनाउने निर्णय गरेको हो। नेपालमा पनि यति बेलादेखि नै यो दिवस मनाउँदै आइएको हो। नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले ३१औं विश्व आदिवासी दिवस यसपटक एक साता लामो कार्यक्रममार्फत भव्य रूपमा मनाउने तयारी रहेको बताए। यो अवसरलाई सरकार र सम्बन्धित निकायसमक्ष आवाज पु–याउने मौका पनि भएको बताए।

 

आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरका अनुसार, आदिवासी समुदाय धेरै समयदेखि अधिकारका लागि संघर्ष गरिरहेको छ। उनले भने, “विश्वका ८०% खाद्यान्नसम्बन्धी ज्ञान आदिवासीको परम्परागत सीपमा आधारित छन्।” राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष ङिमी शेर्पाले आदिवासी खाद्यान्न र परम्परागत ज्ञानको संरक्षणमा महिलाको भूमिका ठूलो रहने बताइन्। विकासका नाममा आदिवासीहरू आफ्नो थलोबाट विस्थापित भइरहेका कारण यसतर्फ सबैले ध्यान दिनुपर्नेमा उनले जोड दिइन्।

नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले बागमती प्रदेशमा नेपाल भाषा र तामाङ भाषा सरकारी कामकाजको भाषा बनिसकेको र गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई पनि त्यही हैसियत दिलाउने प्रयास भइरहेको बताए। कार्यक्रममा नेवार, थारु, तामाङ, गुरुङ, मगर, सुनुवार, भुजेल, माझी, छन्त्याल र थामी समुदायका सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो।

 

त्यस्तै, थारु कल्याणकारिणी सभा (थाकस) ले थारु परिकारहरू प्रदर्शन ग¥यो। थारु खानामा घोङ्घी, अनदीको भात, भक्का, गंगटा, महुवाको रक्सी, ढिक्री, बरिया, बयरको चटनी, चिच्चर, खुर्मा, जाँरको झोलजस्ता परिकार प्रदर्शनमा राखेका थिए। थाकसका अध्यक्ष प्रेमीलाल चौधरीका अनुसार, पूर्वदेखि पश्चिमसम्मका परिकार प्रस्तुत गरिएको थियो। साथै, नेवार समुदायका परम्परागत खाजाहरू पनि प्रदर्शन गरिएका थिए।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य सुरेश आले मगर, सांसद उर्मिला माझी, आदिवासी जनजाति महासंघका पूर्व अध्यक्षहरू नगेन्द्रकुमार कुमाल, जगत बराम, पत्रकार महासंघ (फोनिज) का अध्यक्ष लक्की चौधरी, विद्यार्थी महासंघका अध्यक्ष चन्द्रप्रसाद चौधरीलगायतको उपस्थिति थियो। कार्यक्रमलाई प्रतिष्ठानका सदस्य सचिव ज्ञानेन्द्र पुनले संचालन गरेका थिए ।

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५१

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले दोस्रोपटक संयुक्तरुपमा २३ युरोपेली मुलुकका...

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल पावरहाउस’ बनाउने ५ बुँदे प्रतिबद्धता सार्वजनिक

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल...

वि.सं.२०८३ जेठ ११ सोमवार २०:४०

  काठमाडौँ।नेपालको सूचना तथा सञ्चार प्रविधि (ICT) क्षेत्रको सर्वोच्च छाता...

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:३१

  काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा...

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल तालिका सार्वजनिक, विजेताले २२ हजार रिंगेट पाउने

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:२४

  काठमाडौं । मलेसियाको शाह आलमस्थित प्रसिद्ध पानासोनिक स्टेडियममा ‘दोस्रो...

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल महर्जनको प्रेरणादायी जीवनयात्रा

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:०१

काठमाडौँ । नेपालमा उपभोक्ता अधिकारको आवाज बुलन्द गर्ने अग्रणी व्यक्तित्वमध्ये एक...

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३७

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा...