NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

भृकुटीमण्डपमा एमजीको वर्षकै ठूलो अफर, ४ लाखसम्म छुट र निःशुल्क इन्स्योरेन्स र चार्जर

NIMB
leapmotornepal (citroen)

काठमाडौं ।  नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा एमजीले वर्षकै सबैभन्दा ठूलो अफर सार्वजनिक गरेको छ। नेपालमा एमजी गाडीहरूको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले यो अफर केवल एक्सपो अवधिभर लागू हुने गरी ल्याएको हो।

साउन २५ गतेसम्म हल ए (स्टल ए–१ र ए–३) र हल बी (स्टल एच–३) मा रहेका एमजी तथा आइएमका स्टलहरूमा गएर ग्राहकहरूले सीमित अवधिका लागि यो अफर प्राप्त गर्न सक्नेछन्। अफरमा एमजी ४ ईभी, एमजी एस५ ईभी, विन्डसर ईभी, कमेट ईभी र भविष्य प्रविधि समेटिएको एमजी आइएम ६ मोडलहरू समावेश छन्।

यस विशेष अफरअन्तर्गत ४ लाख रुपैयाँसम्मको छुट, निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स, साथै प्रत्येक खरिदमा ३ किलोवाट वा ७ किलोवाट क्षमताको चार्जर निःशुल्क उपलब्ध गराइनेछ। कम्पनीका अनुसार, यो एमजीको अहिलेसम्मकै सबैभन्दा आकर्षक अफर हो।

पारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनील बहादुर क्षेत्रीका अनुसार, यो एक्स्पो केवल गाडी प्रदर्शनका लागि मात्र नभई, ग्राहकलाई स्मार्ट र हरित मोबिलिटी तर्फ सहज रूपले अघि बढाउने उद्देश्यले आयोजना गरिएको हो। उनका अनुसार, यस अफरमार्फत एमजीको स्वामित्व अझ सहज र पहुँचयोग्य बनाउन अभूतपूर्व मूल्य प्रस्ताव गरिएको छ।

कम्पनीका अनुसार, उत्साहजनक सहभागिता र सकारात्मक प्रतिक्रियाले एक्स्पोमा एमजीको उपस्थिति ब्रान्डको लोकप्रियता र नेपालको विद्युतीय मोबिलिटी परिवर्तनतर्फको सोचलाई प्रस्ट पारेको छ।

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा अटो शो २०२६

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:३१

                    नाडाको ५०औँ वार्षिकोत्सवमा...

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो बजारमा ऐतिहासिक सफलतापछि नाडा अटो शोमा भव्य सार्वजनिक हुँदै

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:२१

   उत्कृष्ट कार्यसम्पादन, अत्याधुनिक प्रविधि र भविष्यवादी डिजाइनसहित भदौ दोस्रो...

५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा : अटो शोमार्फत उद्योग,...

वि.सं.२०८३ भदौ ३ बुधवार २१:५६

  काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी...

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो गाडी दिएर नयाँ पञ्च ईभी र टियागो ईभी साट्न सकिने

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो...

वि.सं.२०८३ भदौ ३ बुधवार १३:४६

    काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक...

४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनामा एनएमबि बैंकको नेतृत्वमा ४४ अर्बभन्दा बढी ऋण लगानी

४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनामा एनएमबि बैंकको...

वि.सं.२०८३ भदौ ३ बुधवार १०:१५

  काठमाडौं । एनएमबि बैंक लिमिटेडको नेतृत्वमा कालीकोट जिल्लामा निर्माण...

एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच आईपीओ निष्कासनका लागि सम्झौता

एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच आईपीओ...

वि.सं.२०८३ भदौ ३ बुधवार ०८:१३

  काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेड र रुपाकोट रिसोर्ट...