नाइमा मोबिलिटी एक्सपोमा माज्दा सीएक्स–६० लन्च, मूल्य १ करोड ५१ लाख रुपैयाँ
Sunday Aug 10, 2025
वि.सं.२०८२ साउन २५ आइतवार २३:५०
काठमाडौं। नाइमा मोविलिटी एक्सपो २०२५ मा पारामाउन्ट मोटर्सले माज्दा सीएक्स–६० मोडलको भव्य लन्च गरेको छ। अल–ह्विल ड्राइभ सिस्टमसहित आएको यो एसयूभीको लम्बाई ४५५० एमएम, चौडाई १८४० एमएम र उचाइ १६६० एमएम रहेको छ। कम्पनीले यसको मूल्य १ करोड ५१ लाख रुपैयाँ तोकेर बिक्री सुरु गरेको छ।
माज्दा सीएक्स–६० मा २.५ लिटर इन्जिन दिइएको छ, जसले अधिकतम १८५ बीएचपी पावर र २५० एनएम पिक टर्क प्रदान गर्छ। यसको टप स्पिड १८० किलोमिटर प्रतिघन्टा रहेको छ।
इन्टेरियर प्रिमियम डिजाइनमा तयार पारिएको यो मोडलमा ६ एयरब्याग, भेइकल स्टेबिलिटी कन्ट्रोल, ३६० डिग्री क्यामेरा र विभिन्न सेन्सरजस्ता उन्नत सुरक्षा फिचर समावेश गरिएको छ।




























