CG Electronics
IME Life
NIMB

नाडा अटो शोमा सार्वजनिक भयो हिरो एक्सपल्स २१०, युवामाझ रोमाञ्च बढाउने नयाँ शक्ति

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपाली युवा राइडरमाझ लोकप्रिय भएको हिरो एक्सपल्स अब अझ शक्तिशाली इन्जिनसहित बजारमा आएको छ। नाडा अटो शोमा विशेष प्रदर्शनका लागि राखिएको हिरो एक्सपल्स २१० ले अटोप्रेमीहरूको ध्यान खिचेको छ। कम्पनीले यसको मूल्य भने अझै सार्वजनिक गरेको छैन।

नयाँ एक्सपल्स २१० लाई हालको एक्सपल्स २०० भन्दा बढी एड्भेन्चर फिल हुनेगरी डिजाइन गरिएको छ। यसको सिट हाइट अझ अग्लो, तौल करिब १० किलो बढि, र ठूलो इन्जिनका कारण पावर र पर्फर्मेन्स पनि उच्च बनाइएको छ। तर इन्धन खपत भने केही बढी हुने अनुमान गरिएको छ।

यसमा २१० सीसी सिंगल सिलिण्डर, डीओएचसी, फोर भल्भ, लिक्विड कुल्ड इन्जिन दिइएको छ, जसले अधिकतम २४.६ बीएचपी पावर र २०.७ एनएम टर्क उत्पादन गर्छ। साथै, ६ स्पीड गियरबक्स पनि उपलब्ध छ।

डिजाइनतर्फ, नयाँ फ्युल ट्याङ्की, अगाडि फुल्ली एड्जस्टेबल यूएसडी फर्क, र पछाडि ट्राभल मोनोशक सस्पेन्सन जडान गरिएको छ।
सुरक्षा र टेक्नोलोजीमा, यसमा स्वीचएबल डुअल च्यानल एबीएस, ४.२ इन्चको टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर (ट्याकोमिटर, ओडोमिटर, गियर पोजिसन इन्डिकेटर, टर्न–बाइ–टर्न नेभिगेसनसहित), स्मार्ट कनेक्ट फिचर, अगाडि गोलो एलईडी हेडल्याम्प, विन्डस्क्रिन र एलईडी टर्न इन्डिकेटर जस्ता फिचरहरू उपलब्ध छन्।

यसरी एड्भेन्चर राइडिङ अनुभवलाई अझ उचाइमा पुर्‍याउने उद्देश्यले ल्याइएको एक्सपल्स २१० ले नेपाली युवामाझ थप रोमाञ्च ल्याउने अपेक्षा गरिएको छ।

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...