NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

नेपाल एसबिआई बैंक र रामदा एनकोर, होलिडे इन रिसोर्ट तथा हिमाल डेन्टलबीच छुट सम्बन्धी सम्झौता

NIMB
leapmotornepal (citroen)

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले ग्राहकलाई लक्षित गरी विभिन्न होटल तथा स्वास्थ्य संस्थासँग छुट सम्बन्धी सम्झौता गरेको छ । सम्झौता अनुसार, बैंकका सम्पूर्ण डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले विशेष सुविधा प्राप्त गर्ने भएका छन् ।

नेपाल एसबिआई बैंक र रामदा एनकोर काठमाडौंबीच भएको सम्झौताअनुसार ग्राहकहरूले खाना, पेय पदार्थ तथा आवास सुविधामा १५% सम्म छुट पाउनेछन् । त्यस्तै, होलिडे इन रिसोर्ट काठमाडौंसँगको सम्झौताअनुसार बैंकका डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्ताले खाना तथा पेय पदार्थमा १५% सम्म छुट प्राप्त गर्नेछन् ।

यस्तैगरी, हिमाल डेन्टल हस्पिटल र इन्स्टिच्युट अफ डेन्टल साइन्ससँग भएको सम्झौताअनुसार ग्राहकहरूले दन्त उपचार सेवामा २०% सम्म छुट पाउने व्यवस्था गरिएको छ ।

सम्झौतापत्रमा नेपाल एसबिआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत श्री विकास आनन्द, रामदा एनकोर काठमाडौंकी बिक्री निर्देशक श्रीमती सीता रायमाझी, होलिडे इन रिसोर्ट काठमाडौंका बिक्री निर्देशक श्री बिख्यात बिक्रम राणा, र हिमाल डेन्टल हस्पिटल तथा इन्स्टिच्युट अफ डेन्टल साइन्सका प्रबन्ध निर्देशक श्री राजेन्द्र प्रसाद भट्टले हस्ताक्षर गरेका थिए । कार्यक्रममा बैंकका प्रमुख वित्तीय अधिकृत श्री राजेश कुमार पंडा, प्रमुख व्यवसाय प्रवर्धन अधिकृत श्री प्रबिन मुनि बज्राचार्य तथा सम्बन्धित होटल र अस्पतालका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो ।

नेपाल एसबिआई बैंकले विगत ३२ वर्षदेखि ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटीएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन् ।

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा अब ६० सेकेन्ड पल्स दर लागू

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा अब ६० सेकेन्ड...

वि.सं.२०८३ भदौ ४ बिहीवार १०:३८

  काठमाडौं । एनसेलले अन्तर्राष्ट्रिय आउटगोइङ अर्थात् बहिर्गमन कलका लागि...

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता हुँदै

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०९:३७

  काठमाडौं । नेपालको बीमा क्षेत्रमा गौरवशाली इतिहास बोकेको नेपाल...

राठी ट्रेडिङद्वारा अत्याधुनिक सर्भिस सेन्टर र चार्जिङ नेटवर्क सञ्चालनमा

राठी ट्रेडिङद्वारा अत्याधुनिक सर्भिस सेन्टर र चार्जिङ...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०९:३१

काठमाडौं । चीनको प्रसिद्ध कम्पनी शाङच मोटर्सद्वारा उत्पादित आरजेडएम ब्रान्डका...

३५ लाख ९९ हजारमै फुल एसयूभी, नेपाली बजारमा आयो नामी भिगो ई–२

३५ लाख ९९ हजारमै फुल एसयूभी, नेपाली...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०७:४०

  काठमाडौं । डोङफेङ नामीको नयाँ विद्युतीय एसयूभी ‘नामी भिगो...

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा अटो शो २०२६

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:३१

                    नाडाको ५०औँ वार्षिकोत्सवमा...

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो बजारमा ऐतिहासिक सफलतापछि नाडा अटो शोमा भव्य सार्वजनिक हुँदै

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:२१

   उत्कृष्ट कार्यसम्पादन, अत्याधुनिक प्रविधि र भविष्यवादी डिजाइनसहित भदौ दोस्रो...