NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

माछापुच्छ्रे क्यापिटलको छैटौं वार्षिक साधारण सभा सम्पन्न, नगद लाभांश वितरणको निर्णय

NIMB
leapmotornepal (citroen)

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडको छैटौं वार्षिक साधारण सभा आज, २०८२ भदौ ६ गते (२२ अक्टोबर २०२५) काठमाडौंको बालुवाटार प्यालेस बैंक्वेटमा सञ्चालक समितिका अध्यक्ष विश्वम्भर न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले विगत वर्षका उपलब्धि, चुनौती र आगामी योजनाबारे विस्तृत जानकारी दिँदै शेयरधनी मूल्य अभिवृद्धिमा कम्पनी प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आ.व. २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनसहितको वित्तीय विवरण, आ.व. २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति, नगद लाभांश वितरण तथा सञ्चालक निर्वाचनसम्बन्धी प्रस्तावहरू पारित भएका छन्।

संस्थापक समूहका तर्फबाट शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डे पुनः सञ्चालकमा निर्विरोध निर्वाचित भएका छन्। साथै, सभाले चुक्ता पूँजीको ५% अर्थात् रु. १,४३,१६,९७५ बराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ।

सभा समापन गर्दै अध्यक्ष न्यौपानेले शेयरधनी, नियामक निकाय, साझेदार संस्था, कर्मचारी र सरोकारवालाप्रति आभार व्यक्त गर्दै कम्पनीलाई अझ मजबुत र सक्षम बनाउन निरन्तर सहयोगको अपेक्षा व्यक्त गर्नुभयो।

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना चयन

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३६

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई होटलदेखि स्वास्थ्य सेवासम्म २० प्रतिशतसम्म छुट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई होटलदेखि स्वास्थ्य सेवासम्म...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३१

  काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका डेबिट कार्ड, क्रेडिट...

कुमारी बैंकको मोबाइल बैंकिङमा आईआरडी प्रोत्साहन कार्यक्रम, दैनिक १ लाखसम्म पुरस्कार

कुमारी बैंकको मोबाइल बैंकिङमा आईआरडी प्रोत्साहन कार्यक्रम,...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:२६

  काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एपमा...

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा कल्याण विक्रम पाँडे नियुक्त

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा कल्याण...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:०९

  काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत...

एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड भेहिकल अनुभव प्रदान गर्न साझेदारी

एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड...

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:५१

  काठमाडौं । नेपालमा बिक्री हुने बीवाईडीका नयाँ विद्युतीय सवारी...

आइएमई लाइफको ९औं वार्षिकोत्सव : ‘न्यानो नानी’ बेबी वार्मरका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता

आइएमई लाइफको ९औं वार्षिकोत्सव : ‘न्यानो नानी’...

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:३७

  काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको...