CG Electronics
IME Life
Ncell NPL

नाडा अटो शो २०२५ मा अन्तरक्रिया कार्यक्रम सम्पन्न, अवलोकनकर्ता संख्या १ लाख ४९ हजार नाघ्यो

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाण्डौं । नाडा अटो शो २०२५ ले यसपटक ऐतिहासिक उपलब्धि हासिल गरेको छ। सुरु भएको केवल ५ दिनमै १,४९,८८१ दर्शकले प्रदर्शनी अवलोकन गरिसकेका छन्। यसले नेपाली जनतामा नयाँ प्रविधि र अटोमोबाइल क्षेत्रप्रति बढ्दो चासो देखाएको स्पष्ट भएको छ।

आज पाँचौ दिनमा समेत नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याल, ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारी, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, तातोपानी भन्सार प्रमुख राजेन्द्रप्रसाद चुडाल, सिजी होल्डिङ्सका अध्यक्ष अरुणकुमार चौधरी र कलाकार सन्दीप क्षेत्री लगायत विशिष्ट व्यक्तिहरुले अवलोकन गरेका थिए।

यस अवसरमा नाडाले आयोजना गर्ने अन्तरक्रिया कार्यक्रम निरन्तरता पाएको छ। पाँचौ दिन ‘सडक र यातायात’ विषयमा ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्यतामा अन्तरक्रिया सम्पन्न भयो भने नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीको प्रमुख आतिथ्यतामा ‘मेड इन नेपाल’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्षले यो उपलब्धिलाई ऐतिहासिक शुभारम्भका रूपमा लिँदै नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्य–उन्मुख मोबिलिटी समाधानको केन्द्र बनाउन आत्मविश्वास थप मजबुत भएको बताएका छन्।

नाडाले यस ऐतिहासिक सफलतामा योगदान पु¥याउने सबै प्रदर्शक, प्रायोजक, सरकारी निकाय, सञ्चारकर्मी र अवलोकनकर्ताप्रति आभार व्यक्त गरेको छ। उनका अनुसार, नाडा अटो शो अब केवल प्रदर्शनी मात्र नभई नवप्रवर्तन, उद्यमशीलता र भविष्य–तयारीको राष्ट्रिय उत्सवका रूपमा स्थापित भएको छ।

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३२

  काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित...

उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री र उच्च कार्यसम्पादनसहित रियलमी जीटी ८ प्रो सिरिज नेपालमा सार्वजनिक

उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री र उच्च...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:५६

काठमाडौं । Realme ले उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री क्षमता...

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:०७

  काठमाडौं । यातायात व्यवस्था विभागले देशभरका अन्तर–प्रदेश चल्ने सार्वजनिक...

प्यान र इमेल अद्यावधिक गर्न एन आई सी एशिया बैंकको ग्राहकलाई आग्रह

प्यान र इमेल अद्यावधिक गर्न एन आई...

वि.सं.२०८३ वैशाख १६ बुधवार १९:०९

  काठमाडौँ । एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई...

शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका सन्देश बुढा मगरलाई शैक्षिक सहयोग, काठमाडौंमा अध्ययनको व्यवस्था

शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका सन्देश बुढा...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:४१

  काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेड ले सामाजिक उत्तरदायित्व अन्तर्गत...

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण कायम गर्न नाडाको सरकारलाई आग्रह

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:२४

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले...