IME Life
NIMB

नाडा अटो शो २०२५ भव्यताका साथ सम्पन्न, १ लाख ७६ हजार बढी दर्शकको ऐतिहासिक अवलोकन

NIMB
Himalayan Bank

 

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आयोजना गरेको १७औं संस्करणको नाडा अटो शो २०२५ काठमाडौंको भृकुटीमण्डपमा ६ दिनसम्म भव्य रुपमा सम्पन्न भएको छ ।

कार्यक्रमको समापन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको थियो । यसपटकको अटो शोमा १,७६,७८९ दर्शकले अवलोकन गरेका छन्, जुन अहिलेसम्मकै ऐतिहासिक सहभागिता मानिएको छ ।

प्रदर्शनीमा उड्ने कार, रोबोटिक म्यान, नयाँ मोडलका विद्युतीय सवारी साधन लगायतका आकर्षणले दर्शकलाई लोभ्याएको थियो । सुस्ताइरहेको अटोमोवाइल व्यवसायलाई चलायमान बनाउन यस प्रदर्शनी महत्त्वपूर्ण हुने आयोजक नाडाले जनाएको छ ।

अटो शोका क्रममा ‘इण्टरनेशनल अटो ट्रेड डायलग’, ‘ईभी एडप्सन इन नेपाल’, ‘कर्जा नीतिमा स्थिरता’, ‘फलाइङ्ग कार टेक्नोलोजी’, ‘युथ मोबिलिटी एण्ड नेशनल ड्रीम’, ‘सडक र यातायात’ र ‘मेड इन नेपाल’ जस्ता विषयमा अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भएका थिए ।

यसैबीच नाडाको केन्द्रीय कार्य समितिको २१औं बैठकले संस्थालाई ‘नाडा अटोमोवाइल्स महासंघ नेपाल’ मा रूपान्तरण गर्ने ऐतिहासिक प्रस्ताव गर्दै भाद्र २४ गते विशेष साधारण सभा बोलाउने घोषणा गरेको छ ।

स्टलतर्फ उत्कृष्ट चारपांग्रे सवारी स्टलको उपाधि एमएडब्लु अटो कर्पले, दुईपांग्रेमा रोयल इनफिल्ड अल्फा अटोमोटिभले, लाइट कमर्सियल भेहिकलतर्फ अद्धेत इभी प्रा.लि. ले र बैंक तथा इन्स्योरेन्सतर्फ ग्लोबल आईएमई बैंकले जितेका छन् ।

प्रदर्शनीमा प्रधानमन्त्री ओली, सभामुख देवराज घिमिरे, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, मन्त्रीहरु, उच्च पदस्थ अधिकारीहरु, संघसंस्थाका प्रतिनिधि, उद्योगी व्यवसायी, कलाकार तथा खेलाडीहरुको उपस्थिति रहेको थियो ।

देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘पावर...

वि.सं.२०८३ साउन १८ सोमवार १७:२०

  काठमाडौं। नेपालमा तार, केबल तथा कन्डक्टर उत्पादनमा अग्रणी लिट्मस...

ओमनमा नेपाली उत्पादनको बजार विस्तार गर्न निर्यात व्यवसायीको उच्चस्तरीय टोली प्रस्थान

ओमनमा नेपाली उत्पादनको बजार विस्तार गर्न निर्यात...

वि.सं.२०८३ साउन १८ सोमवार १७:१४

  काठमाडौं ।  नेपाली उत्पादनलाई ओमनको बजारमा स्थापित गर्ने उद्देश्यका...

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई ट्रांक्यूलिटी स्पामा विशेष छुट

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई ट्रांक्यूलिटी...

वि.सं.२०८३ साउन १८ सोमवार १७:१०

  काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ट्रांक्यूलिटी स्पाबीच बैंकका...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ‘भर्सन नेक्स्ट’ डिजिटल प्रणालीको शुभारम्भ

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य...

वि.सं.२०८३ साउन १८ सोमवार १६:४३

काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट सिटिजन लिडर...

डिजिटल विभाजन न्यूनीकरण : आईसीटीमार्फत ग्रामीण विद्यालयहरूको सबलीकरण

डिजिटल विभाजन न्यूनीकरण : आईसीटीमार्फत ग्रामीण विद्यालयहरूको...

वि.सं.२०८३ साउन १७ आइतवार २२:२७

बागलुङ, २०८२ साउन १७ । नेपाल इन्टरनेट फाउन्डेसन (एनआइएफ) ले...

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि : आम्दानी मात्रै झण्डै ३२ प्रतिशतले बढ्यो

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि :...

वि.सं.२०८३ साउन १७ आइतवार २२:०८

  काठमाडौँ । नेपाल वायुसेवा नियमको सञ्चालक समितिमा नयाँ पदाधिकारी...