IME Life
NIMB

सीजी मोबाइलले नेपालमा ल्याउने भयो एआई प्लस स्मार्टफोन, नेक्स्टक्वान्टमसँग सहकार्य

NIMB
Himalayan Bank

 

काठमाडौं – चौधरी ग्रुप अन्तर्गतको सीजी मोबाइलले भारतको नेक्स्टक्वान्टम सिफ्ट टेक्नोलोजीसँगको सहकार्यमा एआई प्लस स्मार्टफोन ब्रान्ड नेपालमा ल्याउने भएको छ।

भारतमा भर्खरै सुरु गरिएको यस ब्रान्डलाई पूर्व रियलमी इन्डियाका प्रमुख कार्यकारी अधिकृत तथा हाल नेक्स्टक्वान्टम सिफ्ट टेक्नोलोजीसका संस्थापक एवं प्रमुख कार्यकारी माधव शेटले नेतृत्व गरिरहेका छन्। एआई प्लस स्मार्टफोनमा चल्ने नेक्स्टक्वान्टम ओएसलाई भारतको पहिलो सार्वभौम मोबाइल सञ्चालन प्रणाली मानिन्छ ।

यस सहकार्यबाट नेपाली उपभोक्ताले किफायती मूल्यमा उच्च प्रदर्शन गर्ने, आकर्षक डिजाइनयुक्त र विशेष रुपमा डाटा सुरक्षित राख्ने स्मार्टफोनको अनुभव पाउनेछन्।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने,
“हामी नेक्स्टक्वान्टम सिफ्ट टेक्नोलोजीसँगको सहकार्यबाट नेपालमा एआई प्लस स्मार्टफोन ल्याउन पाउँदा अत्यन्त उत्साहित छौं। यो ब्रान्डले नवीनता, विश्वास र प्रयोगकर्ताको सशक्तिकरणलाई प्राथमिकता दिन्छ। नेपाली उपभोक्ताले अब विश्वस्तरीय सुरक्षा र उत्कृष्ट प्रदर्शन गर्ने स्मार्टफोन रोज्न सक्नेछन्।”

नेपालमा उपलब्ध हुने मोडलहरू:
एआई प्लस पल्स
• ६.७ इन्च एचडी प्लस डिस्प्ले, ९० हर्ज रिफ्रेस रेट
• टी ६१५ चिपसेट
• विस्तारयोग्य मेमोरी – १ टेराबाइटसम्म
• ५० मेगापिक्सेल डुअल एआई क्यामेरा
• ५००० एमएएच ब्याट्री
• साइड फिङ्गरप्रिन्ट सेन्सर
• रङ: नीलो, कालो, हरियो, बैजनी, गुलाबी

 

एआई प्लस नोभा फाइभ जी
• ६.७ इन्च एचडी प्लस डिस्प्ले, १२० हर्ज रिफ्रेस रेट
• टी८२०० चिपसेट
• विस्तारयोग्य मेमोरी – १ टेराबाइटसम्म
• ५० मेगापिक्सेल डुअल एआई क्यामेरा
• ५००० एमएएच ब्याट्री
• साइड फिङ्गरप्रिन्ट सेन्सर
• रङ: नीलो, कालो, हरियो, बैजनी, गुलाबी

 

यी दुवै स्मार्टफोनमा नेक्स्टक्वान्टम ओएस प्रयोग गरिएको छ, जसले प्रयोगकर्ताको व्यक्तिगत डाटा सुरक्षित बनाउछ ।

नेपाली बजारमा यसको महत्व थप विशिष्ट छ। अहिले उपभोक्ताहरू स्टाइल, लुक्स र डाटा सुरक्षाको संयोजन भएको स्मार्टफोन खोजिरहेका छन्। एआई प्लस स्मार्टफोनले किफायती मूल्यमै उच्चस्तरीय गोपनीयता, सुरक्षा र स्मार्ट सुविधाहरू उपलब्ध गराउनेछ, जसले विशेषगरी युवापुस्ता, व्यवसायिक वर्ग र परिवारलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।

एआई प्लस स्मार्टफोनका प्रमुख कार्यकारी तथा नेक्स्टक्वान्टम सिफ्ट टेक्नोलोजीसका संस्थापक माधव शेट, ले भने, “एआई प्लस केवल स्मार्टफोन मात्र होइन, यो प्रयोगकर्तालाई आफ्नै डिजिटल जीवनमाथि नियन्त्रण दिने माध्यम हो। सीजी मोबाइलसँगको सहकार्यमार्फत नेपालमा यो मोबाइल लन्च गर्न पाउँदा हामी उत्साहीत र्छौं।”

एआई प्लस स्मार्टफोन श्रृंखला चाँडै नै नेपालभरका सीजी मोबाइलको खुद्रा बिक्री नेटवर्क तथा अग्रणी अनलाइन बजारमार्फत उपलब्ध हुनेछ। मूल्य र विशेष अफरहरूको जानकारी निकट भविष्यमा सार्वजनिक गरिनेछ।

 

युवालाई सीपयुक्त बनाउँदै रोजगारी र उद्यमशीलता प्रवद्र्धन गर्न ‘एलजी सीप शिक्षा’ कार्यक्रम

युवालाई सीपयुक्त बनाउँदै रोजगारी र उद्यमशीलता प्रवद्र्धन...

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४१

  काठमाडौं। युवाहरूलाई प्राविधिक सीपमार्फत रोजगारी र उद्यमशीलतासँग जोड्ने उद्देश्यले...

नेपालको पहिलो एनिमेटेड फिचर फिल्म ‘लस्ट इन मण्डला’ विश्व बजारमा, एप्पल इन्टरटेनमेन्टले वितरण गर्ने

नेपालको पहिलो एनिमेटेड फिचर फिल्म ‘लस्ट इन...

वि.सं.२०८३ साउन १९ मंगलवार ०९:०२

  काठमाडौं । नेपालको पहिलो एनिमेटेड फिचर चलचित्रका रूपमा निर्माण...

बिमा क्षेत्र सुधारका लागि तीन सदस्यीय समिति गठन, ९० दिनभित्र सुझाव पेस गर्ने

बिमा क्षेत्र सुधारका लागि तीन सदस्यीय समिति...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:४२

  काठमाडौं । सरकारले बिमा क्षेत्रको सुधारका लागि अध्ययन गरी...

वातावरण ऐन संशोधनको तयारीप्रति नेपाल वातावरण समाजको आपत्ति, दक्ष जनशक्तिको भूमिका कमजोर नपार्न आग्रह

वातावरण ऐन संशोधनको तयारीप्रति नेपाल वातावरण समाजको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३०

  काठमाडौं । वातावरण संरक्षण ऐन, २०७६ संशोधन गर्न तयार...

प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर कन्फ्रेन्स सम्पन्न, उत्कृष्ट कर्मचारी तथा शाखा सम्मानित

प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर कन्फ्रेन्स सम्पन्न,...

वि.सं.२०८३ साउन १९ मंगलवार ०७:५०

  काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चितवनमा चारदिने...

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा,...

वि.सं.२०८३ साउन १९ मंगलवार ००:००

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...