काठमाडौं । विश्वकै चर्चित इलेक्ट्रिक सवारी साधन तथा ब्याट्री निर्माता कम्पनी बीवाईडी कम्पनी लिमिटेड (BYD Co. Ltd.) ले आफ्नो दर्ता (रजिष्टर्ड) पूँजी एकैपटक २०० प्रतिशतले बढाएर ९ खर्ब ११ अर्ब युआन पुर्याएको छ ।
आईटी होमको कर्पोरेट रजिस्ट्रेसन डाटाअनुसार, यो वृद्धि अघिल्लो ३ खर्ब ३९ लाख युआन को आधारबाट गरिएको हो । यसरी एकैपटक भएको पूँजी वृद्धिले कम्पनीको आन्तरिक वित्तीय क्षमता मात्र नभई यसको बजारमा देखिएको सम्भावना र लगानीकर्ताको विश्वासलाई समेत प्रतिविम्बित गरेको देखिन्छ ।
चीनको कर्पोरेट व्यवस्थाअनुसार, दर्ता पूँजी (Registered Capital) सेयरधनी वा लगानीकर्ताले कम्पनीमा लगानी गर्ने तयारी देखाएको रकमको प्रतिनिधित्व गर्छ । यो रकम ठूलो हुँदै जाँदा कम्पनीको विश्वसनीयता सप्लायर, पार्टनर, र वित्तीय संस्थामाझ अझ प्रष्ट हुन्छ ।
बीवाईडीले यस वर्ष (सन् २०२५) भित्रै दोस्रो पटक पूँजी वृद्धि गरेको हो । यसअघि गत मे महिनामा कम्पनीले २.९०९ खर्ब युआनबाट बढाएर ३.०३९ खर्ब युआन पुर्याएको थियो ।
कंपनीको विस्तार र नाफा
सन् १९९५ मा वाङ चुआन्फु को नेतृत्वमा स्थापना भएको बीवाईडी आज इलेक्ट्रिक कारका साथै विभिन्न प्रकारका ब्याट्री, चार्जर, इलेक्ट्रोनिक प्रोडक्ट तथा एसेसरिजमा समेत क्रियाशील छ ।
कम्पनीको वित्तीय प्रतिवेदनअनुसार, सन् २०२५ को पहिलो अर्धवार्षिक अवधिमा बीवाईडीले:
-
१५ खर्ब युआन (२ खर्ब १७ अर्ब डलर) खुद नाफा,
-
३७१ खर्ब युआन (५२ खर्ब डलर) सञ्चालन आय,
-
४ खर्ब ३३ अर्ब डलर अनुसन्धान तथा प्रविधि विकास (R&D) खर्च,
-
र १९ खर्ब डलर अन्तर्राष्ट्रिय बजार आम्दानी हासिल गरेको छ ।
बिक्री लक्ष्य
जनवरीदेखि अगस्टसम्मको अवधिमा कम्पनीले २८ लाख ६४ हजार सवारी साधन बिक्री गरिसकेको छ, जुन गत वर्षको तुलनामा २३ प्रतिशतले बढी हो । बीवाईडीले २०२५ भित्रै ५५ लाख सवारी साधन बिक्री गर्ने लक्ष्य राखेको छ । उक्त लक्ष्य पुरा गर्नका लागि सेप्टेम्बरदेखि डिसेम्बरसम्म प्रत्येक महिनामा करिब ६ लाख ६० हजार सवारी साधन बिक्री गर्नुपर्नेछ ।
लगानीकर्ताको विश्वासमा थप मजबुती
हालसम्म बीवाईडीले आफ्नो पूँजी वृद्धिसम्बन्धी औपचारिक जानकारी सार्वजनिक नगरेको भए पनि, यस्ता कदमले कम्पनीप्रति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विश्वास र दृष्टिकोणलाई अझ सकारात्मक बनाउने निश्चित देखिन्छ ।
विशेषगरी, विश्व बजारमा इलेक्ट्रिक सवारीको माग बढिरहेको वर्तमान अवस्थामा बीवाईडीको पूँजी वृद्धि र उत्पादन क्षमतामा भएको विस्तारले कम्पनीलाई प्रतिस्पर्धीहरु भन्दा अघि बढ्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।



























