CG Electronics
IME Life
NIMB

शंकर ग्रुप र इन्फिनिटी होल्डिङ्सको स्पष्टिकरण : “सुदन गुरुङसँग कुनै सहकार्य छैन, भ्रामक समाचारमा नपर्न अपिल”

NIMB
Himalayan Bank

काठमाडौं । भाद्र २३ र २४ गते भएको जन–जेडको नेतृत्वमा भएको आन्दोलनले देशमा ठूलो राजनीतिक परिवर्तन ल्याएको छ । उक्त आन्दोलनमा शहीद भएका नेपाली नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट र शंकर ग्रुपका संचालक साहिल अग्रवालले संयुक्त प्रेस वक्तव्य जारी गरेका छन् ।

वक्तव्यमा हाल केही अनलाइन र सामाजिक सञ्जालमार्फत आफूहरूलाई जन–जेडका अगुवा सुदन गुरुङसँग जोडेर भ्रामक समाचारहरू प्रसारित गरिएको भन्दै आपत्ति जनाइएको छ । उनीहरूले कोभिड महामारीको समयमा मात्र ‘हामी नेपाल’ संस्थासँग मानवीय सहयोगका लागि सहकार्य भएको तर त्यसपछि कुनै सहकार्य नरहेको स्पष्ट पारेका छन् ।

यसैबीच, आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण जगदम्बा हस्पिटालिटी समूहको ब्यानरमा सञ्चालनमा आएको अन्तर्राष्ट्रिय चेन होटल हिल्टनमा ठूलो क्षति भएको जनाएको छ । उनीहरूले यो घटनाले नेपालको व्यवसाय, पर्यटन र आर्थिक क्षेत्रमा नकारात्मक असर पारेको बताउँदै पनि लगानी र उद्यमशीलतालाई निरन्तरता दिने दृढता प्रकट गरेका छन् ।

भ्रामक र कपोलकल्पित समाचारप्रति असन्तोष व्यक्त गर्दै सञ्चारमाध्यमहरूले सत्य तथ्यका आधारमा मात्र समाचार प्रकाशन गर्नुपर्नेमा जोड दिइएको छ । साथै, नेपाली दाजुभाइ–दिदीबहिनीलाई यस्तो गलत प्रचारप्रति भ्रमित नहुन पनि अपिल गरिएको छ ।

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो बनाउँदै दिपल पहिलो दिनमै २० दिपल इभी डेलिभरी

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो...

वि.सं.२०८३ असार १३ शनिवार १५:१७

काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको...

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई...

वि.सं.२०८३ असार १३ शनिवार १४:२३

  महेन्द्रनगर, असार १३ । कामना सेवा विकास बैंक लिमिटेडले...

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

वि.सं.२०८३ असार १३ शनिवार १४:२०

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण उत्सव समारोह...

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका एयर कुलर बजारमा

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका...

वि.सं.२०८३ असार १३ शनिवार १४:११

  काठमाडौं। विश्वव्यापी मौसम प्रणाली ‘एल निनो’ (El Niño) को...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत क्क्ष्ए आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत...

वि.सं.२०८३ असार १३ शनिवार १४:०६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन...

वि.सं.२०८३ असार १३ शनिवार १२:०२

ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...