CG Electronics
IME Life
Ncell NPL

पहिलो महिनामा निर्यात झन्डै दोब्बर तर व्यापार घाटा अझै कायम

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो महिनामा नेपालको कुल वस्तु निर्यात झन्डै दोब्बरले बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउन महिनामा कुल निर्यात ९५.७ प्रतिशतले वृद्धि भई २३ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा भने निर्यात ९.६ प्रतिशतले घटेको थियो ।

गन्तव्य मुलुकका आधारमा हेर्दा भारततर्फको निर्यात १५६.७ प्रतिशतले बढेको छ, भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ६५.२ प्रतिशत र १.४ प्रतिशतले घटेको देखिन्छ । वस्तुगत रूपमा भटमासको तेल, पाम तेल, पोलिस्टर धागो, अलैंची, जुटका सामान आदिको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, ऊनी गलैंचा, पिना र चियाको निर्यात घटेको राष्ट्र बैंकले जनाएको छ ।

निर्यात र आयात दुवै बढेपनि व्यापार घाटा अझै उच्च स्तरमै रहेको छ । पहिलो महिनामा कुल व्यापार घाटा २.५ प्रतिशतले वृद्धि भई ११९ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यो वृद्धि ०.४ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १६.७ प्रतिशत पुगेको छ, जुन गत वर्षको सोही अवधिमा ९.५ प्रतिशत मात्र थियो ।

यस्तै, समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १३ अर्ब ४३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ, जुन गत वर्षको सोही अवधिमा १३ अर्ब ९८ करोड रुपैयाँ बराबर रहेको थियो ।

प्रमुख कार्यकारी अधिकृतको राजीनामासम्बन्धी समाचारप्रति बैंकको ध्यानाकर्षण

प्रमुख कार्यकारी अधिकृतको राजीनामासम्बन्धी समाचारप्रति बैंकको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:०६

  काठमाडौं, २८ वैशाख २०८३  । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक...

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

वि.सं.२०८३ वैशाख २८ सोमवार १२:३८

  काठमाडौं । नेपालको अग्रणी औद्योगिक तथा व्यावसायिक घराना चौधरी...

कफी पारखीका लागि सीजी मेरिडियाको नयाँ ड्रिप कफी मेकर बजारमा

कफी पारखीका लागि सीजी मेरिडियाको नयाँ ड्रिप...

वि.सं.२०८३ वैशाख २८ सोमवार ११:१२

  काठमाडौं । नेपालको प्रतिष्ठित इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले आफ्नो प्रिमियम...

सञ्चालनको ६ महिनामै हायात प्लेस बुटवललाई तीन प्रतिष्ठित अवार्ड

सञ्चालनको ६ महिनामै हायात प्लेस बुटवललाई तीन...

वि.सं.२०८३ वैशाख २८ सोमवार ०९:३१

बुटवल, नेपाल - नेपालको आतिथ्य क्षेत्रमा एउटा महत्वपूर्ण कोसेढुङ्गा पार...

टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन...

वि.सं.२०८३ वैशाख २८ सोमवार ०९:२२

काठमाडौं । टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि जारी...

वि.सं.२०८३ वैशाख २७ आइतवार २३:१५

युनाइटेड मोदी हाइड्रोपावरको १२ औं बार्षिक साधारणसभा सम्पन्न, संचालकमा अधिकारी...