CG Electronics
IME Life
NIMB

हिल्टन होटेल पुनर्निर्माणको प्रतिबद्धता : संकटलाई अवसरमा बदल्ने संकल्प

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौंको नक्सालस्थित हिल्टन होटेल, अन्तर्राष्ट्रिय पर्यटन क्षेत्रमा नेपालको गौरव मानिएको यो परियोजना हालैको जनजी आन्दोलनमा तोडफोड र आगलागीबाट पूर्ण रूपमा क्षतिग्रस्त भयो।

तर, यो विनाशपछि पनि प्रवर्द्धक समूह इन्फिनिटी होल्डिङ र शंकर ग्रुप हताश नभई अझै दृढताका साथ भविष्यतर्फ अघि बढ्ने घोषणा गर्दैछ। इन्फिनिटी होल्डिङका अध्यक्ष दीपक भट्ट र शंकर ग्रुपका सञ्चालक साहिल अग्रवालले संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्, “हामी विक्षिप्त त भयौं, तर विचलित छैनौं। यो संकटलाई अवसरमा बदल्दै फेरि उठ्नेछौं।”

नेपालमै ठुलो जोखिम मोलेर गरिएको लगानी

८ अर्ब रुपैयाँ बराबरको लगानीमा सञ्चालनमा आएको यो होटल जगदम्बा हस्पिटालिटी समूहको ब्यानरमा स्थापना गरिएको हो। यो केवल व्यवसायिक उद्देश्यका लागि नभई नेपालमै रोजगारी सृजना गर्ने, पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउने र अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान विस्तार गर्ने अभिप्रायका साथ सुरु गरिएको परियोजना थियो।

भट्ट र अग्रवालका अनुसार, यस होटललाई निर्माण गर्दा धेरै अन्तर्राष्ट्रिय अवसरलाई त्याग्नुपरेको थियो। उनीहरू भन्छन्, “देशमै केही फरक र दीर्घकालीन योगदान गर्न सक्ने काम गरौं भन्ने सोचका साथ हामीले हिल्टनलाई यहाँ ल्यायौं।”

भ्रामक प्रचारप्रति सावधानीकाे आग्रह

आन्दोलनको क्रममा होटलमा भएको आक्रमणलाई प्रवर्द्धक समूहले योजनाबद्ध गलत सूचनाको परिणाम भएको आरोप लगाएको छ।
हालै सामाजिक सञ्जालमा फैलाइएका भ्रामक समाचार, विशेषगरी होटलको स्वामित्वबारे आएका गलत दाबीहरूले आन्दोलनलाई उक्साएको समूहको बुझाइ छ।
भट्ट र अग्रवालले सम्पूर्ण नेपालीलाई आग्रह गर्दै भनेका छन्, “सत्यतथ्य नबुझी भ्रममा नपर्नुहोस्। यस्तो गलत प्रचारले केवल लगानीकर्तालाई मात्र होइन, नेपालको पर्यटन उद्योगलाई नै क्षति पुर्‍याउँछ।”

पुनर्निर्माणको सपनासहितको भविष्य

यद्यपि होटल अहिले खरानीमा परिणत भएको छ, प्रवर्द्धक समूह यसलाई अझ आधुनिक, सुरक्षित र विश्वस्तरीय संरचनामा पुनर्निर्माण गर्ने योजनासहित अघि बढ्दैछ।

उनीहरूको दृष्टिकोण अनुसार, यो पुनर्निर्माण केवल होटलको पुनर्स्थापना मात्र होइन, नेपालको पर्यटनलाई पुनः विश्वसामु सकारात्मक रूपमा प्रस्तुत गर्ने अभियान पनि हो।

भट्ट र अग्रवालले अन्तिम सन्देश दिँदै भनेका छन्, “यो केवल हाम्रो परियोजना होइन, सम्पूर्ण नेपालीको गौरव हो।

हामी फेरि उठ्नेछौं र नेपाललाई विश्वका उत्कृष्ट पर्यटक गन्तव्यमध्ये एक बनाउनेछौं।” हिल्टन होटेलको यो घटना केवल विनाशको कथा होइन, बरु आशा, दृढता र उद्यमशीलताको प्रतीक हो।

संकटका बीच पनि हार नमान्ने प्रवर्द्धक समूहको दृढ संकल्पले नेपालका उद्यमी र पर्यटन उद्योगका लागि प्रेरणा जगाउने छ।

होटलको पुनर्निर्माणसँगै नेपालको पर्यटन र लगानी वातावरणलाई नयाँ ऊर्जा दिने अपेक्षा राखिएको छ।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...