CG Electronics
IME Life
NIMB

भेस्पा स्कुटरको नयाँ BS6 लाइनअप नेपालमा सार्वजनिक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । डेल्टा अटोकर्प प्रा. लि., नेपालका लागि भेस्पा स्कुटरको अधिकारिक बिक्रेताले भेस्पाका नयाँ BS-VI OBD-II Stage B इन्जिनसहितका प्रिमियम स्कुटरहरू नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ । नयाँ लाइनअप वातावरण मैत्री प्रविधि, उत्कृष्ट माइलेज, र उत्कृष्ट परफर्मेन्सका साथै प्रिमियम डिजाइन र आकर्षक रंगमा उपलब्ध हुने घोषणा गरिएको छ ।

नयाँ भेस्पा सिरिजमा तीन मोडेलहरू समावेश छन्। भेस्पा ZX १२५ रु. ३,४९,००० मा उपलब्ध हुनेछ, जसले क्लासिक डिजाइन र आधुनिक आकर्षणलाई संयोजन गरेको छ र पर्ल ह्वाइट, रेड ड्रागन, नेरो ब्ल्याक र अज्जुरो प्रोवेन्जा जस्ता रंगमा प्रस्तुत गरिएको छ । भेस्पा १२५ को मूल्य रु. ३,९९,००० निर्धारण गरिएको छ, जसले इटालियन स्टाइलिङ र उच्चस्तरीय आरामलाई जोड दिएको छ र ग्लोसी ग्रीन, अज्जुरो प्रोवेन्जा, रोस्सो रेड, नेरो ब्ल्याक, पर्ल ह्वाइ रंगमा उपलब्ध हुनेछ । त्यस्तै, भेस्पा S १२५ रु. ४,०९,००० मा प्रस्तुत गरिएको छ, जसले स्पोर्टी र स्टाइलिश लुक प्रस्तुत गर्छ र पर्ल ह्वाइट, नेरो ब्ल्याक, ओलिभ ग्रीन, जियालो येलो, ग्लोसी ओरेंज रंगमा पाइनेछ ।

इटालियन परम्परा र सांस्कृतिक सौन्दर्यको प्रतीक भेस्पा, विश्वभर आकर्षक डिजाइन, जीवन्त रङ र सशक्त प्रदर्शनका लागि परिचित छ। नयाँ पुस्ताको भेस्पाले यी विशेषताहरूलाई अब पर्यावरण मैत्री र उन्नत इन्धन कार्यक्षमतासँग समेट्दै, जिम्मेवार र स्टाइलिस रोजाइको नयाँ उदाहरण प्रस्तुत गरेको छ।

डेल्टा अटोकर्प प्रा. लि. का निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजय महतोले भनेः “भेस्पा केवल स्कुटर मात्र होइन, यो एक देशको ऐतिहासिक, सांस्कृतिक पहिचान र सदाबहार आकर्षणको प्रतीक हो। नयाँ मोडलहरूको यो सिरिजमार्फत्, हामी भेस्पाको शैली, नवप्रवर्तन र गुणस्तरप्रतिको प्रतिबद्धतालाई पुनः पुष्टि गर्दैछौं। यसका साथै, नेपालमा भेस्पालाई एक लाइफस्टाइल ब्रान्डका रूपमा अझ मजबुत रूपमा स्थापित गर्ने हाम्रो उद्देश्यलाई अघि बढाएका छौं।”

नवीन मोडेलहरूको यस लन्चमार्फत्, भेस्पाले इटालियन सौन्दर्य, अत्याधुनिक प्रविधि र लक्जरी अनुभवको अद्वितीय संयोजन प्रस्तुत गर्दै, नयाँ पुस्ताका राइडरहरूलाई आकर्षित गर्ने आफ्नो यात्रालाई थप अगाडि बढाएको छ । इटालियन डिजाइन, अत्याधुनिक प्रविधि, र लक्जरी मोबिलिटी अनुभवको मिश्रणका साथ नयाँ भेस्पा स्कुटरहरू अब नेपालभर उपलब्ध हुनेछ ।

 

 

 

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...