CG Electronics
IME Life
Ncell NPL

ओप्पोको ‘दशैंको बहार, ओप्पो फाइन्ड एन फाइभ उपहार’ योजना

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं, १२ असोज — ओप्पो नेपालले यस वर्षको बडादशैंलाई विशेष बनाउन ‘दशैंको बहार, ओप्पो फाइन्ड एन फाइभ उपहार’ योजना सार्वजनिक गरेको छ। यो योजनामार्फत ग्राहकहरूले हालसालै बजारमा आएको रु. २,४९,९९९ मूल्यको नयाँ ओप्पो फाइन्ड N5 सहित विभिन्न उपहार जित्ने अवसर पाउनेछन्।

योजना अवधिभर नयाँ ओप्पो स्मार्टफोन खरिद गर्ने हरेक ग्राहक लक्की ड्रमा सहभागी हुन योग्य हुनेछन्। एक जना भाग्यशाली विजेताले नयाँ ओप्पो फाइन्ड N5 प्राप्त गर्नेछन् भने अन्य हजारौँ विजेताले नगद पुरस्कार, स्मार्टफोन, मोबाइल उपकरणहरु जित्ने मौका पाउनेछन्। यस योजनाअन्तर्गत ८,००० ग्राहकले रु. १०० देखि रु. १,००० सम्मको नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै २ जनाले ओप्पो रेनो १४ सिरिज, १० जनाले ओप्पो ए५ सिरिज, २०० जनाले रियलफिट एयरबड्स, ५०० जनाले रियलफिट स्पिकर र २०० जनाले ओप्पो टी–शर्ट प्राप्त गर्नेछन्।

यस योजनामा सहभागी हुन ग्राहकले ओप्पो स्मार्टफोन खरिद गरेपछि स्टोरमा उपलब्ध क्यूआर कोड स्क्यान गरी डिजिटल स्पिन ह्विल घुमाउनुपर्नेछ। त्यसपछि IMEI नम्बर र नाम प्रविष्ट गरी विवरण प्रमाणित गरेपछि नतिजा तुरुन्तै हेर्न सकिनेछ र पुरस्कार सुनिश्चित गर्न सकिनेछ।

योजना २०८२ सालको असोज ५ गतेदेखि कार्तिक ४ गते सम्म सञ्चालन हुनेछ। पुरस्कार लिनका लागि प्रयोग भएको स्मार्टफोन सक्रिय हुनुपर्नेछ, ग्राहकले वारन्टी कार्ड र खरिद बिल सुरक्षित राख्नुपर्नेछ। साथै सम्पूर्ण योजनाको विवरणका लागि खुद्रा पसलसँग सम्पर्क गर्न र सर्त तथा नियमहरू ध्यानपूर्वक पढ्न कम्पनिले सिफारिस गरेको छ।

‘दशैंको बहार, ओप्पो फाइन्ड N5 उपहार’ योजनामार्फत ओप्पो नेपालले उपभोक्तालाई आधुनिक प्रविधिसँगै उत्सवको उल्लास बाँड्ने उद्देश्य राखेको छ। परम्परा र प्रविधिलाई जोड्दै यसपालिको दशैंलाई अझ विशेष बनाउन कम्पनीले यो अवसर प्रस्तुत गरेको हो।
ओप्पो नेपाल सम्पूर्ण नेपाली जनलाई हर्षमय र समृद्ध दशैं २०८२ को शुभकामनाव्यक्त गर्दछ।

 

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै राउन्ड टेबल नेपाल

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:४०

  काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट...

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास र भविष्यको नयाँ मार्गचित्र सार्वजनिक

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १३:१६

काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवाक्षेत्रको अग्रणी संस्था कंगारु एजुकेशन...

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ सुरु

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:५५

  काठमाडौं। स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रको विकास र...

लामिनारको ‘जर्मसेफ®’ एन्टिब्याक्टेरियल टायल नेपाल मेडिकल शोमा सार्वजनिक

लामिनारको ‘जर्मसेफ®’ एन्टिब्याक्टेरियल टायल नेपाल मेडिकल शोमा...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:१५

  काठमाडौं, वैशाख — नेपालमा पूर्ण भिट्रिफाइड टायल उत्पादन गर्ने...

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:१२

काठमाडौँ । नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ...