NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

अर्थमन्त्री खनाल र विभिन्न मुलुकका राजदूतबीच शिष्टाचार भेट

NIMB
leapmotornepal (citroen)

काठमाडौं । अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र नेपालका लागि कार्यरत विभिन्न मित्रराष्ट्रका राजदूतबीच अर्थ मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ ।

भेटमा युरोपियन यूनियनकी राजदूत भेरोनिक लोरेन्जो, जर्मनीका राजदूत उडो यूजेन भोल्ज, फिनल्याण्डका राजदूत पेट्री पुहक्का तथा फ्रान्स गणतन्त्रका प्रतिनिधि सहभागी थिए । अवसरमा अर्थमन्त्री खनालले नेपालका सामाजिक तथा आर्थिक विकासमा युरोपियन यूनियन, जर्मनी, फ्रान्स र फिनल्याण्डले पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्दै सार्वजनिक वित्त व्यवस्थापन, खरिद प्रणाली, मानव स्रोत विकास, स्वास्थ्य, पर्यटन, ऊर्जा र राजस्व व्यवस्थापन क्षेत्रमा सहयोग उल्लेखनीय रहेको बताए ।

सोही अवसरमा राजदूतहरूले नेपालमा भएको राजनीतिक रूपान्तरणपछि पनि आफ्ना देशहरू नेपाल सरकारसँग सहकार्य गर्न सधैं प्रतिबद्ध रहने धारणा व्यक्त गरे ।

यसैगरी, अर्थमन्त्री खनालले नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा. ड्यानियली म्युलरसँग पनि भेट गरेका थिए । उनले स्वीट्जरल्याण्डले नेपालको आर्थिक विकास, क्षमता अभिवृद्धि, व्यवसायिक तालिम, सुशासन लगायतका क्षेत्रमा दिएको योगदानप्रति धन्यवाद ज्ञापन गरे । राजदूत म्युलरले नेपालजस्तो हिमाली मुलुकसँग सहकार्य गर्न पाउँदा सन्तोष व्यक्त गर्दै आगामी दिनमा निरन्तर सहकार्य गर्न इच्छुक रहेको बताए ।

३५ लाख ९९ हजारमै फुल एसयूभी, नेपाली बजारमा आयो नामी भिगो ई–२

३५ लाख ९९ हजारमै फुल एसयूभी, नेपाली...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०७:४०

  काठमाडौं । डोङफेङ नामीको नयाँ विद्युतीय एसयूभी ‘नामी भिगो...

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा अटो शो २०२६

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:३१

                    नाडाको ५०औँ वार्षिकोत्सवमा...

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो बजारमा ऐतिहासिक सफलतापछि नाडा अटो शोमा भव्य सार्वजनिक हुँदै

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:२१

   उत्कृष्ट कार्यसम्पादन, अत्याधुनिक प्रविधि र भविष्यवादी डिजाइनसहित भदौ दोस्रो...

५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा : अटो शोमार्फत उद्योग,...

वि.सं.२०८३ भदौ ३ बुधवार २१:५६

  काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी...

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो गाडी दिएर नयाँ पञ्च ईभी र टियागो ईभी साट्न सकिने

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो...

वि.सं.२०८३ भदौ ३ बुधवार १३:४६

    काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक...

४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनामा एनएमबि बैंकको नेतृत्वमा ४४ अर्बभन्दा बढी ऋण लगानी

४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनामा एनएमबि बैंकको...

वि.सं.२०८३ भदौ ३ बुधवार १०:१५

  काठमाडौं । एनएमबि बैंक लिमिटेडको नेतृत्वमा कालीकोट जिल्लामा निर्माण...