मौसम पूर्वानुमान : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
Wednesday Oct 01, 2025
वि.सं.२०८२ असोज १५ बुधवार ०८:४०
काठमाडौं । हाल देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
बुधबार दिउँसो सबै प्रदेशमा साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी र तराई भू–भाग लगायत मधेश प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
बुधबार राति सबै प्रदेशमा साधारणतया बदली रहने छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग लगायत मधेश प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।




























