CG Electronics
IME Life
NIMB

ग्राहकलाई खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

NIMB
Himalayan Bank

 

काठमाडौं । लाखौं ग्राहक महानुभावहरूमाझ गतिशील बैंकिङ सेवाको अभ्यास गरिरहेको एनआईसी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) यथाशीघ्र अद्यावधिक गर्न अनुरोध गरेको छ ।

बैंकका अनुसार ग्राहकको खाताबाट गरिने कर कट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकारको आन्तरिक राजश्व विभागद्वारा जारी स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्न आवश्यक भएकाले प्यान अद्यावधिक अनिवार्य भएको हो ।

ग्राहकहरूले बैंकको पोर्टल (portal.nicasiabank.com) वा मोबाइल बैंकिङ एप (MoBank App) मा रहेको “PAN Update” विकल्पमार्फत आफ्ना प्यान विवरण सजिलै अद्यावधिक गर्न सक्नेछन् । साथै, नजिकको कुनै पनि शाखा कार्यालयबाट पनि प्यान अद्यावधिकका लागि आवेदन दिन सकिने व्यवस्था बैंकले मिलाएको जनाएको छ ।

प्यान अद्यावधिक भएपछि ब्याज भुक्तानी वापत काटिएको कर विवरण सो प्यानमा स्वचालित रूपमा प्रविष्ट हुने भएकाले करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न ग्राहकलाई सहज हुने बैंकको भनाइ छ । यसले बैंकसम्म धाउनुपर्ने झन्झट पनि हटाउने बैंकले विश्वास व्यक्त गरेको छ ।

बैंकले प्यान अद्यावधिक नगराउने ग्राहकको ब्याज कर विवरण भ्(त्म्क् मा नसमावेश भई थप समायोजन आवश्यक पर्ने अवस्थाको जिम्मेवारी बैंकको नहुने स्पष्ट पारेको छ । साथै, प्यान उपलब्ध गराएर पनि करकट्टी विवरण समावेश नभएको अवस्थामा ग्राहकले बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्र (फोन नं. १६६०–०१–७७७७१, ०१–५९७०१०१) मा सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ ।

 

 

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई...

वि.सं.२०८३ असार १३ शनिवार १४:२३

  महेन्द्रनगर, असार १३ । कामना सेवा विकास बैंक लिमिटेडले...

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

वि.सं.२०८३ असार १३ शनिवार १४:२०

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण उत्सव समारोह...

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका एयर कुलर बजारमा

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका...

वि.सं.२०८३ असार १३ शनिवार १४:११

  काठमाडौं। विश्वव्यापी मौसम प्रणाली ‘एल निनो’ (El Niño) को...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत क्क्ष्ए आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत...

वि.सं.२०८३ असार १३ शनिवार १४:०६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन...

वि.सं.२०८३ असार १३ शनिवार १२:०२

ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार...

वि.सं.२०८३ असार १२ शुक्रवार १६:३३

  काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो...