CG Electronics
IME Life
Ncell NPL

सिलिकन भ्यालीतर्फ नेपाली स्टार्टअप – स्टार्टअप वल्र्ड कप २०२५ को विश्व फाइनलमा डि एल सर्फको सहभागिता

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । स्टार्टअप वल्र्ड कप २०२५ को विश्व प्रतिस्पर्धाका लागि नेपाल च्याम्पियन डि एल सर्फ (DL Surf) का संस्थापक अर्जुन घिमिरे अमेरिकाको सिलिकन भ्याली प्रस्थान गरेका छन्। नेपालमा स्टार्टअप हब नेपाल र वल्र्ड ट्रेड ग्रुप नेपालले आयोजना गरेको प्रतिष्ठित अन्तर्राष्ट्रिय स्टार्टअप प्रतिस्पर्धामा विजेता बनेपछि डि एल सर्फले अब विश्वका १०० देशका च्याम्पियन स्टार्टअपहरूसँग प्रतिस्पर्धा गर्नेछ।

बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्टार्टअप हब नेपालका अध्यक्ष डा. शम्भु पोखरेलले घिमिरेलाई विदाई गरेका थिए। डा. पोखरेलका अनुसार, हालसम्म पाँच नेपाली स्टार्टअपहरूलाई अमेरिकाको सिलिकन भ्यालीमा प्रतिस्पर्धामा सहभागी गराउन नेपाल सफल भएको छ।

यो वर्षको ग्लोबल फिनाले अक्टोबर १७ देखि २२ सम्म अमेरिकाको सान फ्रान्सिस्कोमा हुने तय भएको छ। डि एल सर्फले त्यहाँ मिलियन डलर (नेरु १४ करोड ४० लाख) बराबरको लगानी पुरस्कारका लागि प्रतिस्पर्धा गर्नेछ।

डा. पोखरेलका अनुसार, स्टार्टअप वल्र्ड कप केवल एउटा प्रतियोगिता होइन, “यो त ग्लोबल लञ्चप्याड हो — जसले उद्यमीहरूलाई विश्व स्तरमा आफ्नो सोच, नवप्रवर्तन र क्षमताको प्रदर्शन गर्ने अवसर प्रदान गर्छ।”

वल्र्ड ट्रेड ग्रुप नेपालले यसको सिस्टर कन्सर्न स्टार्टअप हब नेपाल मार्फत यो प्रतियोगिता नेपालमा ल्याएको हो। संस्थाले उत्कृष्ट नेपाली स्टार्टअपहरूलाई विश्वका लगानीकर्ता, सल्लाहकार, र उद्यमशील व्यक्तिहरूसँग जोड्दै नेपालको स्टार्टअप इकोसिस्टमलाई सबल र अन्तर्राष्ट्रिय बनाउने अभियान अघि बढाइरहेको छ।

स्टार्टअप वल्र्ड कप को स्थापना एलन मस्कको कम्पनी स्पेसएक्स सँग सम्बन्धित पिगासस टेक भेन्चर्स (Pegasus Tech Ventures) ले गरेको हो। यो विश्वकै सबैभन्दा ठूलो स्टार्टअप प्रतियोगिता मानिन्छ, जसले उद्यमीहरूलाई ग्लोबल एक्सपोजर, लगानी र अन्तर्राष्ट्रिय सञ्जाल विस्तारको अवसर प्रदान गर्छ।

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै राउन्ड टेबल नेपाल

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:४०

  काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट...

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास र भविष्यको नयाँ मार्गचित्र सार्वजनिक

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १३:१६

काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवाक्षेत्रको अग्रणी संस्था कंगारु एजुकेशन...

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ सुरु

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:५५

  काठमाडौं। स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रको विकास र...

लामिनारको ‘जर्मसेफ®’ एन्टिब्याक्टेरियल टायल नेपाल मेडिकल शोमा सार्वजनिक

लामिनारको ‘जर्मसेफ®’ एन्टिब्याक्टेरियल टायल नेपाल मेडिकल शोमा...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:१५

  काठमाडौं, वैशाख — नेपालमा पूर्ण भिट्रिफाइड टायल उत्पादन गर्ने...

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:१२

काठमाडौँ । नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ...