CG Electronics
IME Life
NIMB

आइसिटी अवार्डको ब्रोडकास्टिङ पार्टनरमा हिमालय टिभी, स्टार्टअप र इन्नोभेसनको विशेष शो प्रसारण हुने

NIMB
Himalayan Bank

 

काठमाडौं । आइसिटी अवार्ड २०२५ को ब्रोडकास्टिङ पार्टनरका लागि हिमालय टिभी एचडीसँग सहकार्य गरिएको छ। उक्त सम्झौता पत्रमा हिमालय टिभीको तर्फबाट कार्यकारी निर्देशक श्याम कँडेल र आइसिटी अवार्ड तर्फबाट राजन लम्सालले हस्ताक्षर गरेका हुन्।
हिमालय टिभीका कार्यकारी निर्देशक श्याम कँडेलले आइसिटी अवार्डसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउँदै यसले स्टार्टअप र उद्यमीहरूलाई प्रवर्द्धन गर्न र समग्र इकोसिस्टमको विकासमा महत्वपूर्ण सहयोग पुर्‍याउने बताए ।

शार्क ट्यांकसँगै आइसिटी अवार्डको साझेदारीले आईसीटी क्षेत्रको पहुँच र अवसरहरूलाई अझ व्यापक बनाउने उनको विश्वास छ ।
सम्झौता अनुसार हिमालय टिभीले आइसिटी अवार्ड २०२५ का प्रिइभेन्टसहितको विशेष एपिसोड प्रसारण गर्नेछ । मंसिरको पहिलो हप्ताबाट कार्यक्रम प्रसारण गर्न सुरू गरिने छ । कार्यक्रममा पाँच एपिसोड प्रसारण हुनेछ ।

विशेष एपिसोडमा उत्कृष्ट स्टार्टअप, प्रडक्ट र इन्नोभेसन विधाका प्रतिस्प्रर्धीहरूको आईडिया, प्रस्तुति तथा पिचिङलाइ टेलिभिजनमा प्रशारण गरिने बताइएको छ ।

साथै पुसमा आयोजना हुने आइसिटी अवार्ड २०२५ को ग्राण्ड फिनाले पनि हिमालय टिभीबाट प्रत्यक्ष प्रसारण हुनेछ ।
आइसिटी अवार्ड सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्ड कार्यक्रम हो । आइसिटी अवार्डले नेपालको डिजिटल क्षेत्रमा काम गरिरहेकालाई प्रोत्साहन तथा महत्त्वपूर्ण योगदान दिएकालाई सम्मान गर्दै आएको छ ।

कार्यक्रमको ग्राण्ड फिनालेमा नेपालभित्र विभिन्न १४ विधा र दक्षिण एसियाका देशहरूलाई समेटेर साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड वितरण हुनेछ । साथै सातै प्रदेशका एक एक उत्कृष्ट स्टार्टअपहरूलाई समेत सम्मान गरिने छ । उत्कृष्टहरू छनौट गर्नका लागि १४ बढीको विज्ञ जुरी समिति र १५ जना बढीको विशिष्ट सल्लाहकार समित रहेको छ ।

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...