CG Electronics
IME Life
NIMB

लुम्बिनी लायन्स र एक्स्ट्राटेक ओभलबीच दीर्घकालीन साझेदारी सम्झौता

NIMB
Himalayan Bank

 

भैरहवा, लुम्बिनी लायन्स र भैरहवास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानबीच दीर्घकालीन साझेदारी सम्झौता भएको जानकारी गराउन चाहन्छौं। उक्त सम्झौता पत्रमा एक्स्ट्राटेक ओभलका तर्फबाट श्री बिनोद कुँवर र लुम्बिनी लायन्सका तर्फबाट अध्यक्ष श्री ईश्वर जिसीले हस्ताक्षर गर्नुभएको छ।

यो सम्झौताका माध्यमबाट नेपालको खेल पूर्वाधार विकासमा एउटा ऐतिहासिक कदम चालिएको हामी विश्वास गर्छौं। सम्झौताअनुसार एक्स्ट्राटेक ओभल अब लुम्बिनी लायन्सको आधिकारिक घरेलु मैदान तथा तयारी केन्द्र हुनेछ।

यो साझेदारी पश्चिम नेपालमा विश्वस्तरीय क्रिकेट पूर्वाधार विकास गर्ने साझा दृष्टिकोणमा आधारित छ। यस अन्तर्गत लुम्बिनी लायन्सले एक्स्ट्राटेक ओभलमा प्रशिक्षण, अभ्यास खेल, कोचिङ क्याम्प तथा रणनीतिक बैठकहरू सञ्चालन गर्नेछ। साथै, आगामी वर्षहरूमा NPL का लागि पनि तयारी हुनेछ तथा अन्य राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका क्रिकेट प्रतियोगिताका घरेलु खेलहरू पनि यही मैदानमा आयोजना गरिनेछ।

सम्झौता हस्ताक्षर समारोहमा लुम्बिनी लायन्सका अध्यक्ष श्री ईश्वर जिसीले भने, “एक्स्ट्राटेक ओभल हाम्रो लागी केवल एउटा मैदान मात्र होइन, लुम्बिनी लायन्सको घर हो र सोही अनुरुप हाम्रो पहिचान बन्नेछ तथा यो स्थान हाम्रो तयारी र यात्राको जग बन्नेछ।एक्स्ट्रा ओभर टीमलाई विशेष धन्यवाद, उहाँहरूले निजी लगानीमा यति ठूलो काम गरी रहनु भएको छ यसमा हाम्रो तर्फबाट उहाँहरूलाई हौसला प्रदान गर्न साथै सहयात्री बन्न जोडिएका छौं। यसले लुम्बिनीको मात्र नभई समग्र नेपाली क्रिकेट विकासमा ठूलो योगदान दिनेछ भन्ने हामीलाई लाग्छ र सोही अनुरूप हामी नेपाली क्रिकेटलाई थप उचाइमा पुर्‍याउन साझा जमर्को गर्दैछौं।

त्यस्तै, एक्स्ट्राटेक ओभलका प्रतिनिधि श्री बिनोद कुँवरले भने, नेपालमा विश्वस्तरीय क्रिकेट सुविधा विकास गर्ने दिशामा यो साझेदारीले हामीलाई अझ द्रढ वनाउने छ र नेपालै तथा लुम्विनी पर्देशको क्रिकेट विकासमा यो सम्झौताले दुरगामी सकारात्मक सन्देश प्रवाह गर्नेछ भन्ने हाम्रो साझा विश्वास हो।

सम्झौताअनुसार एक्स्ट्राटेक ओभलमा मुख्य ओभल, अभ्यास नेट, पिच, फ्लडलाइट, ग्राउन्ड मर्मत उपकरण तथा क्लब हाउस सुविधा उपलब्ध गराइनेछ। यसले लुम्बिनी लायन्सलाई वर्षभरि व्यावसायिक स्तरको प्रशिक्षण र तयारीको वातावरण प्रदान गर्नेछ भन्ने हाम्रो दृढ विश्वास छ।

यो सम्झौता लुम्बिनी प्रदेशमा क्रिकेटको दीर्घकालीन विकास र खेलाडी उत्पादनमा नयाँ सम्भावनाहरू सिर्जना गर्ने महत्वपूर्ण योजनाका रूपमा रहनेछ ।

 

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १८:४२

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्ड २०२६ अन्तर्गत ब्रोंज अवार्डबाट सम्मानित

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक...

वि.सं.२०८३ साउन ९ शनिवार १६:४०

  काठमाडौं, नेपाल – २०८३ श्रावण ४ – द ब्रिटिस...

धरौटीसम्बन्धी मन्त्रीको अभिव्यक्तिप्रति ECAN को आपत्ति, आधिकारिक निर्णय नभएको दाबी

धरौटीसम्बन्धी मन्त्रीको अभिव्यक्तिप्रति ECAN को आपत्ति, आधिकारिक...

वि.सं.२०८३ साउन ९ शनिवार १४:२५

  काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शिक्षा, विज्ञान...

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ सम्मान

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई...

वि.सं.२०८३ साउन ९ शनिवार १४:१३

  काठमाडौं, नेपाल। नबिल बैंकले इन्डियन चेम्बर अफ कमर्स (आईसीसी)द्वारा...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता...

वि.सं.२०८३ साउन ९ शनिवार १४:०१

काठमाडौं, नेपाल | ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा...

सामसङ इनोभेसन क्याम्पसद्वारा कोडिङ ग्र्याजुएटहरूलाई सम्मान, नेपालमा नयाँ एआई कार्यक्रम सुरु

सामसङ इनोभेसन क्याम्पसद्वारा कोडिङ ग्र्याजुएटहरूलाई सम्मान, नेपालमा...

वि.सं.२०८३ साउन ९ शनिवार १३:५५

  रोजगार प्रवर्द्धन: कार्यक्रमले उदीयमान प्रविधि शिक्षालाई उद्योग एक्सपोजर र...