Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

एसवाई प्यानल नेपालको आईपीओमा ६ गुणाभन्दा बढी आवेदन

 

काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओमा ६ गुणाभन्दा बढी आवेदन परेको छ । कम्पनीले कात्तिक १९ देखि २३ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) का अनुसार, कुल २१ लाख २९ हजार ७१५ लगानीकर्ताले २ करोड ४६ लाख ३२ हजार ६३० कित्ता शेयरका लागि आवेदन दिएका छन् । उपलब्ध शेयरभन्दा ६ गुणाभन्दा बढी आवेदन परेकाले सबैलाई शेयर प्राप्त नहुने निश्चित भएको छ ।

यस चरणमा कम्पनीले सर्वसाधारणका लागि ४० लाख ७६ हजार १५६ कित्ता शेयर निष्कासन गरेको थियो । अत्यधिक आवेदन परेकाले करिब ४ लाख ७ हजार ६१५ जनाले मात्र शेयर हात पार्न सक्नेछन् ।

सर्वसाधारणतर्फको आईपीओ खुला गर्नु अघि नै कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको सेयर निष्कासन तथा बाँडफाँट गरिसकेको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि असोज ७ देखि १० गतेसम्म आवेदन लिई असोज २३ गते बाँडफाँट गरिएको थियो भने उद्योग प्रभावित स्थानीयमा असोज ७ देखि २१ गतेसम्म आवेदन लिएर कात्तिक २ गते बाँडफाँट गरिएको हो ।

नेपाल धितोपत्र बोर्ड (सेवोन) ले कम्पनीलाई जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्कासन गर्न अनुमति दिएको थियो ।

त्यसअनुसार पहिलो चरणमा २ लाख ६१ हजार ६२९ कित्ता उद्योग प्रभावित स्थानीयका लागि तथा ४ लाख ९७ हजार ९२ कित्ता वैदेशिक रोजगारीतर्फ निष्कासन गरिएको थियो ।

दिव्य ज्योति हाइड्रोपावर र ट्रोयरबीच ५० मेगावाट मर्स्याङ्दी बेसी जलविद्युत् परियोजनाको इलेक्ट्रो–मेकानिकल ठेक्का सम्झौता

दिव्य ज्योति हाइड्रोपावर र ट्रोयरबीच ५० मेगावाट...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार १०:२२

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले आफ्नो विद्युत उत्पादन...

क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेज र जनकपुर बोल्ट्सबीच एनपीएल सिजन २ का लागि स्पोन्सरशिप सम्झौता

क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेज र जनकपुर...

वि.सं.२०८२ कात्तिक २६ बुधवार २२:२४

  काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि...

नेपाल बीमा प्राधिकरण र नबिल बैंकबीच ए.पी.आई. इन्टिग्रेशन सम्बन्धी सम्झौता

नेपाल बीमा प्राधिकरण र नबिल बैंकबीच ए.पी.आई....

वि.सं.२०८२ कात्तिक २६ बुधवार २२:०२

  काठमाडौं । नेपाल बीमा प्राधिकरण र नबिल बैंक लिमिटेडबीच...

स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स

स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी...

वि.सं.२०८२ कात्तिक २६ बुधवार २१:५३

  काठमाडौं, नेपाल - नोभेम्बर १२- टिकटकले परिवारहरूलाई आफ्ना किशोर-किशोरीहरूले...

ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न, ८% नगद लाभांश वितरण स्वीकृत

ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा...

वि.सं.२०८२ कात्तिक २६ बुधवार २१:०३

  काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको १९औँ वार्षिक साधारणसभा...

सिटिजन लाइफद्वारा ‘अवार्ड सेरेमनी एन्ड स्किल इन्हान्स्मेन्ट’ कार्यक्रम सम्पन्न

सिटिजन लाइफद्वारा ‘अवार्ड सेरेमनी एन्ड स्किल इन्हान्स्मेन्ट’...

वि.सं.२०८२ कात्तिक २६ बुधवार ०९:१०

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पूर्व, मध्य–पश्चिम र...