CG Electronics
IME Life
Ncell NPL

एसवाई प्यानल नेपालको आईपीओमा ६ गुणाभन्दा बढी आवेदन

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओमा ६ गुणाभन्दा बढी आवेदन परेको छ । कम्पनीले कात्तिक १९ देखि २३ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) का अनुसार, कुल २१ लाख २९ हजार ७१५ लगानीकर्ताले २ करोड ४६ लाख ३२ हजार ६३० कित्ता शेयरका लागि आवेदन दिएका छन् । उपलब्ध शेयरभन्दा ६ गुणाभन्दा बढी आवेदन परेकाले सबैलाई शेयर प्राप्त नहुने निश्चित भएको छ ।

यस चरणमा कम्पनीले सर्वसाधारणका लागि ४० लाख ७६ हजार १५६ कित्ता शेयर निष्कासन गरेको थियो । अत्यधिक आवेदन परेकाले करिब ४ लाख ७ हजार ६१५ जनाले मात्र शेयर हात पार्न सक्नेछन् ।

सर्वसाधारणतर्फको आईपीओ खुला गर्नु अघि नै कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको सेयर निष्कासन तथा बाँडफाँट गरिसकेको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि असोज ७ देखि १० गतेसम्म आवेदन लिई असोज २३ गते बाँडफाँट गरिएको थियो भने उद्योग प्रभावित स्थानीयमा असोज ७ देखि २१ गतेसम्म आवेदन लिएर कात्तिक २ गते बाँडफाँट गरिएको हो ।

नेपाल धितोपत्र बोर्ड (सेवोन) ले कम्पनीलाई जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्कासन गर्न अनुमति दिएको थियो ।

त्यसअनुसार पहिलो चरणमा २ लाख ६१ हजार ६२९ कित्ता उद्योग प्रभावित स्थानीयका लागि तथा ४ लाख ९७ हजार ९२ कित्ता वैदेशिक रोजगारीतर्फ निष्कासन गरिएको थियो ।

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:२१

काठमाडौं।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२...

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:०७

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै राउन्ड टेबल नेपाल

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:४०

  काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट...

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास र भविष्यको नयाँ मार्गचित्र सार्वजनिक

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १३:१६

काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवाक्षेत्रको अग्रणी संस्था कंगारु एजुकेशन...

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ सुरु

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:५५

  काठमाडौं। स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रको विकास र...