Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

एनसेलका ११ भाग्यशाली ग्राहकलाई ११ जीबी निःशुल्क डेटा

काठमाडौं। एनसेल आजीवन प्रा.लि.ले आकर्षक ‘११:११ एनसेल एप क्याम्पेन’ सञ्चालनमा ल्याएको जनाएको छ। यसअन्तर्गत नोभेम्बर ११ (मंगलबार) का दिन एनसेल एपमार्फत रु. २०० वा सोभन्दा बढीको प्याक खरिद गर्ने वा रिचार्ज गर्ने ग्राहकहरूमध्ये ११ जना भाग्यशाली ग्राहकहरूले ११ जीबी निःशुल्क डेटा प्राप्त गर्नेछन्। उक्त डेटा ११ दिनको समयसीमा सहित उपलब्ध हुनेछ।

११:११ उत्सवको अवसरमा एक दिनका लागि सञ्चालन हुने यस विशेष अफरको उद्देश्य एनसेलका प्रिपेड ग्राहकहरूलाई डेटा मार्फत पुरस्कृत गर्ने र विश्वव्यापी ११:११ ट्रेन्डसँग मेल खाने रमाइलो अनुभव प्रदान गर्ने रहेको छ।

‘वन–स्टप सेल्फ–केयर एप’का रूपमा चिनिने एनसेल एप बाट ग्राहकहरूले भ्वाइस तथा डेटा प्याक खरिद गर्न, अनलाइन रिचार्ज गर्न, बिल हेर्न, बाँकी सेवा जानकारी प्राप्त गर्न, रोमिङ सेवा सञ्चालन/बन्द गर्न र गिफ्टका रूपमा प्याक पठाउन सक्छन्। साथै, एपमा अनलाइन तथा अफलाइन गेम, समाचार हेर्ने सुविधा र अन्य मनोरञ्जनात्मक सामग्रीहरू पनि उपलब्ध छन्। ग्राहकहरूले गुगल प्ले स्टोर वा एप स्टोर बाट एनसेल एप डाउनलोड गरी यी सेवाहरूको फाइदा लिन सक्छन्।

विश्वव्यापी रूपमा प्रख्यात ११:११ ट्रेन्ड चीनबाट सुरु भएको अनलाइन किनमेल उत्सव हो, जसले हाल ठूला सेल, फ्ल्यास डिल र सीमित समयका अफरहरू मार्फत उपभोक्ताहरूलाई आकर्षित गर्दै आएको छ।

दिव्य ज्योति हाइड्रोपावर र ट्रोयरबीच ५० मेगावाट मर्स्याङ्दी बेसी जलविद्युत् परियोजनाको इलेक्ट्रो–मेकानिकल ठेक्का सम्झौता

दिव्य ज्योति हाइड्रोपावर र ट्रोयरबीच ५० मेगावाट...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार १०:२२

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले आफ्नो विद्युत उत्पादन...

क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेज र जनकपुर बोल्ट्सबीच एनपीएल सिजन २ का लागि स्पोन्सरशिप सम्झौता

क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेज र जनकपुर...

वि.सं.२०८२ कात्तिक २६ बुधवार २२:२४

  काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि...

नेपाल बीमा प्राधिकरण र नबिल बैंकबीच ए.पी.आई. इन्टिग्रेशन सम्बन्धी सम्झौता

नेपाल बीमा प्राधिकरण र नबिल बैंकबीच ए.पी.आई....

वि.सं.२०८२ कात्तिक २६ बुधवार २२:०२

  काठमाडौं । नेपाल बीमा प्राधिकरण र नबिल बैंक लिमिटेडबीच...

स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स

स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी...

वि.सं.२०८२ कात्तिक २६ बुधवार २१:५३

  काठमाडौं, नेपाल - नोभेम्बर १२- टिकटकले परिवारहरूलाई आफ्ना किशोर-किशोरीहरूले...

ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न, ८% नगद लाभांश वितरण स्वीकृत

ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा...

वि.सं.२०८२ कात्तिक २६ बुधवार २१:०३

  काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको १९औँ वार्षिक साधारणसभा...

सिटिजन लाइफद्वारा ‘अवार्ड सेरेमनी एन्ड स्किल इन्हान्स्मेन्ट’ कार्यक्रम सम्पन्न

सिटिजन लाइफद्वारा ‘अवार्ड सेरेमनी एन्ड स्किल इन्हान्स्मेन्ट’...

वि.सं.२०८२ कात्तिक २६ बुधवार ०९:१०

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पूर्व, मध्य–पश्चिम र...