CG Electronics
IME Life
NIMB

जेरोना वेलनेसद्वारा ५ नयाँ सौन्दर्य उत्पादन सार्वजनिक, अब १५ उत्पादनसहित नेपाली बजारमा विस्तार

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ । जेरोना वेलनेस प्रा.लि.ले पाँच नयाँ सौन्दर्य तथा छाला–हेराइका उत्पादन नेपाली बजारमा सार्वजनिक गरेको छ। सौन्दर्य सुरक्षालाई प्राथमिकता दिँदै कम्पनीले हाइड्रा टोनर, एक्सफोली फेसवास, सनसेड टिन्टेड, मोइस्चराइजर र राइस वाटर सेरम बजारमा उपलब्ध गराएको हो।

जेरोनाले गत जेठ महिनामा १० विभिन्न उत्पादनमार्फत नेपाली बजारमा प्रवेश गरेको थियो। नयाँ पाँच उत्पादन थपिएसँगै कम्पनीले अब कूल १५ प्रकारका सौन्दर्य सामग्री बजारमा पु¥याइरहेको छ।

कम्पनीका अनुसार हाइड्रा टोनर फेसवासपछि प्रयोग गरिने टोनर हो। एक्सफोली फेसवासले पिम्पल नियन्त्रण गर्ने, दाग तथा खटिरा कम गर्नेछ। सनसेड टिन्टेडमा सनब्लक र फाउन्डेशनको मिश्रण रहेकोले छुट्टै दुवै प्रयोग गर्न आवश्यक नपर्ने बताइएको छ। मोइस्चराइजर र राइस वाटर सेरमले छाला उज्यालो देखिन मद्दत गर्ने कम्पनीले जनाएको छ।

यी उत्पादनहरू कम्पनीले देशभरका डिलरमार्फत पठाउन सुरु गरिसकेको छ। महिला र पुरुष दुवैले प्रयोग गर्न मिल्ने यी सामग्री काठमाडौंसहित सबै शहरका सौन्दर्य स्टोरमा उपलब्ध हुने जेरोनाका सञ्चालक दुर्गाराज श्रेष्ठले बताएका छन्। जेरोना नेपाली कम्पनी भए पनि यसको उत्पादन भारतको गुजरातस्थित आधुनिक प्रशोधन उद्योगमा निर्माण गरिन्छ। कम्पनीले यसअघि पनि सनस्क्रिन, सेरम, फेसवास, क्लिन्जर, नाइट क्रिम र डे क्रिम लगायत १० उत्पादन बजारमा ल्याइसकेको छ।

नयाँ पाँच उत्पादन थपिएसँगै जेरोनाका १५ सौन्दर्य सामग्री नेपाली बजारमा औपचारिक रूपमा उपलब्ध भएका छन्।

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...