CG Electronics
IME Life
NIMB

किड्जी प्रि–स्कुलद्वारा भैंसेपाटीमा ‘वाकाथन’ कार्यक्रम सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं। ललितपुरको भैंसेपाटीस्थित किड्जी प्रि–स्कुले ‘खेलौं, हिँडौं, स्क्रिन होइन’ भन्ने नारासहित स्वस्थ र सक्रिय बाल्यकाल प्रवर्द्धन गर्ने उद्देश्यले वाकाथन कार्यक्रम सम्पन्न गरेको छ। भैंसेपाटी चोकदेखि नयाँ बजारसम्म गरिएको वाकाथनमा विद्यालयका विद्यार्थी, अभिभावक तथा शिक्षक–शिक्षिकाहरूको सक्रिय सहभागिता रहेको विद्यालयले जनाएको छ।

कार्यक्रमको उद्देश्य बालबालिकालाई शारीरिक रूपमा सक्रिय बनाउनु, स्वस्थ जीवनशैलीतर्फ अभिमुख गराउनु र अत्यधिक बढ्दै गएको स्क्रिन प्रयोगलाई न्यूनिकरण गर्नु रहेको विद्यालयकी को–अर्डिनेटर सागरिका भण्डारीले बताइन्। उनका अनुसार वाकाथनले बालबालिकाको समग्र विकास, दिमागी सक्रियता, सामाजिक कौशल र आत्मविश्वास अभिवृद्धिमा सकारात्मक प्रभाव पार्नेछ।

भण्डारीका अनुसार बालमैत्री, सुरक्षित र उत्साहजनक वातावरण निर्माण गर्नु विद्यालयको प्रमुख प्राथमिकता हो। अभिभावकहरूले पनि विद्यालयको पहल प्रशंसनीय रहेको बताउँदै यसले बालबालिकाको दिनचर्यालाई पुनर्विचार गर्न प्रेरणा दिएको प्रतिक्रिया जनाएका छन्।

किड्जी प्रि–स्कुले आयोजना गरेको वाकाथन कार्यक्रमले बालबालिकामा स्वस्थ जीवनशैली, नियमित शारीरिक गतिविधि र स्क्रिन समय घटाउने व्यवहार विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

मेटलाइफ र खल्ती सुरक्षाद्वारा संयुक्त रूपमा सुरक्षा ३६० डिजिटल बीमा सुरु

मेटलाइफ र खल्ती सुरक्षाद्वारा संयुक्त रूपमा सुरक्षा...

वि.सं.२०८३ जेठ ७ बिहीवार २२:२९

काठमाडौं। मेटलाइफ नेपाल र खल्ती सुरक्षाले संयुक्त रूपमा ‘सुरक्षा ३६०’...

नेपालमा मौरीपालन व्यवसाय : समस्यादेखि अवसरसम्म

नेपालमा मौरीपालन व्यवसाय : समस्यादेखि अवसरसम्म

वि.सं.२०८३ जेठ ७ बिहीवार २१:५८

काठमाडौं । नेपालको भौगोलिक विविधता र अथाह प्राकृतिक वनस्पतिजन्य स्रोतका...

इसेवामार्फत जीवन बीमा नवीकरण गर्दा स्मार्ट टिभी र नगद जित्ने अवसर

इसेवामार्फत जीवन बीमा नवीकरण गर्दा स्मार्ट टिभी...

वि.सं.२०८३ जेठ ७ बिहीवार २१:२२

  काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट तथा अग्रणी भुक्तानी...

हिमालयन बैंकको १० प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा रूपान्तरण हुने

हिमालयन बैंकको १० प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा...

वि.सं.२०८३ जेठ ७ बिहीवार ११:२६

काठमाडौं । हिमालयन बैंक लिमिटेड ले संस्थापक समूहअन्तर्गत रहेको १०...

सानिमा जिआईसी इन्स्योरेन्सको आठौं वार्षिक साधारणसभा सम्पन्न

सानिमा जिआईसी इन्स्योरेन्सको आठौं वार्षिक साधारणसभा सम्पन्न

वि.सं.२०८३ जेठ ७ बिहीवार ११:१९

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको आठौं वार्षिक साधारणसभा सम्पन्न...

माइडियाको नयाँ डबल डोर रेफ्रिजेरेटर: आधुनिक जीवनशैलीलाई सहज बनाउने स्मार्ट साथी

माइडियाको नयाँ डबल डोर रेफ्रिजेरेटर: आधुनिक जीवनशैलीलाई...

वि.सं.२०८३ जेठ ६ बुधवार २३:३८

  काठमाडौं । बदलिँदो जीवनशैलीसँगै आजका उपभोक्ताहरू घरायसी उपकरणमा केवल...