CG Electronics
IME Life
NIMB

सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘सर्भिस क्याम्प २०२५’ घोषणा

NIMB
Himalayan Bank

काठमाडौं, १९ मंसिर। टाटा मोटर्सका नेपालका अधिकृत वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले टाटा ईभी प्रयोगकर्ताका लागि विशेष ‘सर्भिस क्याम्प २०२५’ आयोजना गर्ने घोषणा गरेको छ। विद्युतीय सवारी साधनको प्रदर्शन, विश्वासयोग्यता र दीर्घ उपयोग सुनिश्चित गर्ने उद्देश्यसहित यो क्याम्प माघ ७ देखि १० गतेसम्म देशभरका अधिकृत सर्भिस केन्द्रहरूमा सञ्चालन हुनेछ।

कम्पनीका अनुसार क्याम्पमा सहभागी हुने ग्राहकहरूले विविध निःशुल्क सेवाहरू प्राप्त गर्न सक्नेछन्। सेवाहरूमा निःशुल्क लेबर चार्ज, निःशुल्क टप वास, निःशुल्क कम्प्युटर डाइग्नोष्टिक परीक्षण, ब्याट्री तथा इलेक्ट्रिकल सिस्टम जाँच, सस्पेन्सन तथा ब्रेक परीक्षण र १०-प्वाइन्ट सम्पूर्ण सर्भिस निरीक्षण समावेश छन्।

यस्तै, आवश्यक स्पेयर पार्ट्स र लुब्रिकेन्टमा १८ प्रतिशतसम्म छुट उपलब्ध गराइने भएको छ, जसले ग्राहकलाई सर्भिस प्रक्रिया किफायती र सहज बनाउने कम्पनीको दाबी छ।

यस क्याम्पमा नियमित सर्भिससँगै ईभी एक्सचेन्ज सुविधा पनि प्रदान गरिनेछ। यसबाट नयाँ टाटा ईभी किन्न इच्छुक प्रयोगकर्ताले पुरानो सवारी साटेर थप लाभ लिन सक्ने व्यवस्था मिलाइने कम्पनीले जनाएको छ।

ग्राहक–मैत्री सेवा र दिगोपनलाई प्राथमिकता दिँदै सिप्रदीले आगामी दिनहरूमा पनि यस्ता प्रभावकारी अभियान निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ। कम्पनीका अनुसार सर्भिस क्याम्पले टाटा ईभी प्रयोगकर्तामा भरोसा, सुरक्षाबोध तथा सन्तुष्टि बढाउन महत्वपूर्ण भूमिका खेल्नेछ।

२३ औँ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड भदौ १८ गते, मुख्य प्रायोजकमा गोल्छा ग्रुप

२३ औँ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड भदौ...

वि.सं.२०८३ साउन ९ शनिवार १७:१४

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष...

म्याक्ससको नयाँ इलेक्ट्रिक पिकअप ‘ई–टेरोन ९ कम्फर्ट’ नेपालमा, पहिलो ५० ग्राहकलाई ८८ लाखमै

म्याक्ससको नयाँ इलेक्ट्रिक पिकअप ‘ई–टेरोन ९ कम्फर्ट’...

वि.सं.२०८३ साउन ८ शुक्रवार ०७:५६

  काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालय मोट्रक्स प्रालिले नेपाली...

जीडब्लुएम ओरा–५ ले एक महिनामै बनायो प्रिमियम विद्युतीय एसयूभी बजारमा बलियो उपस्थिति

जीडब्लुएम ओरा–५ ले एक महिनामै बनायो प्रिमियम...

वि.सं.२०८३ साउन ७ बिहीवार २१:४३

  काठमाडौं। नेपालमा औपचारिक रूपमा सार्वजनिक भएको एक महिनामै जीडब्लुएम...

TVS मोटर कम्पनीले नेपालमा TVS ORBITER सार्वजनिक गर्‍यो – स्मार्ट, दिगो र सहरी EV यात्राको समाधान

TVS मोटर कम्पनीले नेपालमा TVS ORBITER सार्वजनिक...

वि.सं.२०८३ साउन ७ बिहीवार १७:३४

  • 158 km IDC रेन्ज, क्रुज कन्ट्रोल, हिल होल्ड...

साउदीबाट टिक्मोमार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका अभिषेकले जिते बीवाइडी अटो १ ईभी कार

साउदीबाट टिक्मोमार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:४२

  काठमाडौं । साउदी अरेबियाबाट टिक्मोमार्फत आइएमई गरेर नेपाल पैसा...

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:५९

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...