CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ २ शनिवार

skip this Crompton : Electronics  (Content Block)3

नागरिककै घरदैलोमा सरकार : बंगलामुखी क्षेत्रमा साक्षात्कार गर्दै मन्त्री खरेल

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

पाटन,ललितपुर। योमरी पुन्हिको अवसरमा भीड भरिएको बंगलामुखी परिसरमा संघीय सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल अचानक आइपुगेपछि स्थानीय नागरिक उत्साहित बने । सिंहदरबारमै भेट्न कठिन ठानिने मन्त्रीलाई घर–टोलमै पाउँदा भक्तजन, सर्वसाधारण र जनप्रतिनिधि सबै चकित र खुसी देखिए ।

स्थानीय प्रर्णव श्रेष्ठले मन्त्रीलाई प्रत्यक्ष भेटेर समस्या राख्न पाउनु ‘भाग्यको कुरा’ भएको बताए । यमरी पकाउँदै गरेकी रेणु महर्जनदेखि ८७ वर्षीय बाबुलाल महर्जनसम्मले मन्त्रीले आफूहरूसँगै बस्दै पीर–मर्का सुनेको अनुभव अविश्वसनीय भएको बताए । मन्त्रीको घरदैलो भेटघाट अभियान नागरिकमैत्री अनुभूति भएको उनीहरूको भनाइ छ ।

मन्त्री खरेलले बंगलामुखी मन्दिर, गुठी, ढुंगेधारा तथा आसपासको संरचना निरीक्षण गर्दै स्थानीयको समस्या सुने, सुझाव लिए र संचार तथा भौतिक संरचना सुधारका आवश्यकताबारे जनप्रतिनिधिसँग पनि छलफल गरे । वडा अध्यक्षलगायत प्रतिनिधिहरूले तार व्यवस्थापन र सञ्चार सेवा प्रभावकारी बनाउन माग राखेका थिए ।

मन्त्री खरेलले जनताको घरटोलमै पुगेर आवाज सुन्ने काम आगामी दिनमा पनि निरन्तर चलिरहने प्रतिबद्धता जनाउँदै भने–
“अब सिंहदरबार मात्रै होइन, मन्त्रीहरू नागरिककै घरदैलोमा पुग्नेछन् । जनताको पीडा सुन्दा मात्र मन्त्री भएको अनुभूति हुन्छ ।”

बिहीबारको दिन विशेष दर्शन हुने बंगलामुखी शक्तिपीठमा योमरी पुन्हिका कारण भीड बाक्लो थियो । त्यही भीडबीच मन्त्री स्वयं नागरिकबीच पुगेको दृश्यले ‘सरकार नजिकिएको’ भावना सर्वसाधारणमा पलाएको देखियो ।

व्यवसायी दीपक भट्ट पक्राउ प्रकरण : न्यायिक हिरासतदेखि राजनीतिक शक्ति संघर्षसम्मको गहिरो कथा

व्यवसायी दीपक भट्ट पक्राउ प्रकरण : न्यायिक...

वि.सं.२०८३ जेठ १ शुक्रवार २०:३९

काठमाडौं । नेपालमा कुनै समय राजनीतिक नेतृत्व, उच्च प्रशासन र...

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : अर्थसचिव उपाध्याय

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण :...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २२:४८

  काठमाडौँ । अर्थसचिव घनश्याम उपाध्यायले निजी क्षेत्रको आत्मबल बढाउनु...

नीति तथा कार्यक्रम सुशासन, भ्रष्टाचार नियन्त्रण र आर्थिक सुधार केन्द्रित : अर्थमन्त्री वाग्ले

नीति तथा कार्यक्रम सुशासन, भ्रष्टाचार नियन्त्रण र...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २२:१५

  काठमाडौं । अर्थमन्त्री स्वर्णीम वाग्लेले आगामी आर्थिक वर्ष २०८३÷८४...

एनआइएमबि बैंकका सीइओ पाण्डेलाइ थुनाबाहिर राखेर अनुसन्धान गर्न माग

एनआइएमबि बैंकका सीइओ पाण्डेलाइ थुनाबाहिर राखेर अनुसन्धान...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २१:०९

  काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी...

राष्ट्रिय नागरिक घोषणापत्र २०८३ सार्वजनिक, लोकतन्त्र र नागरिक अधिकार संरक्षणमा जोड

राष्ट्रिय नागरिक घोषणापत्र २०८३ सार्वजनिक, लोकतन्त्र र...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १६:१३

काठमाडौं । गैरसरकारी संस्था महासंघ नेपालले लोकतन्त्र, मानवअधिकार, सामाजिक न्याय...

विद्युत् नियमन आयोगका पदाधिकारी नियुक्तिका लागि खुला प्रतिस्पर्धा प्रक्रिया सुरु

विद्युत् नियमन आयोगका पदाधिकारी नियुक्तिका लागि खुला...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १३:३४

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका...