CG Electronics
IME Life
NIMB

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर : धमाधम तानिदै विशिष्ट व्यक्तिहरु

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै तत्कालीन मन्त्री, सचिवसहित ५५ जनालाई विपक्षी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले तत्कालीन मन्त्रीहरू डा.रामशरण महत, पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीम आचार्य र दिपक अमात्यलाई विपक्षी बनाएको छ । त्यस्तै १० जना तत्कालीन सचिवहरुलाई पनि विपक्षी बनाइएको छ । उनीहरुविरुद्ध ८ अर्ब बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ ।

उक्त विमानस्थल निर्माणबारे संसदीय उपसमितिले झन्डै १० अर्ब रुपैयाँ हाराहारीमा अनियमितता र भ्रष्टाचार भएको निष्कर्ष निकालेको थियो । सार्वजनिक लेखा समितिको उपसमितिले ११ वटा शीर्षकमा अनियमितता भएको निष्कर्ष निकालेको थियो ।

यता, विमानस्थल निर्माणमा भएको अनियमिततामा आयोगले निर्माण सम्झौता गर्ने चीनको ‘चाइना सीएएमसी’ कम्पनीलाई पनि प्रतिवादी बनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडबीच २०१४ मा सम्झौता गरेको थियो ।

भक्तपुरको नलिन्चोकस्थित हेलिपोर्ट निर्माणको भ्रष्टाचार मुद्दा खेपिरहेका नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी उक्त विमानस्थलको भ्रष्टाचार मुद्दामा पनि जोडिएका छन् । त्यस्तै अन्य विभिन्न पदमा बसेका विशिष्ट व्यक्तिहरुको पनि नाम जोडिएको र अनुसन्धान जारी रहेको अख्तियारको दाबी छ ।

 

राजनीतिक श्रेयभन्दा विकासलाई प्राथमिकता दिइएको छ : अर्थमन्त्री वाग्ले

राजनीतिक श्रेयभन्दा विकासलाई प्राथमिकता दिइएको छ :...

वि.सं.२०८३ जेठ २२ शुक्रवार १५:२१

  काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले लामो समयदेखि राजनीतिक इच्छाशक्ति...

नेपालमा उबरको आधिकारिक सेवा सुरु, काठमाडौंमा बाइक र कार सेवा सञ्चालन

नेपालमा उबरको आधिकारिक सेवा सुरु, काठमाडौंमा बाइक...

वि.सं.२०८३ जेठ २२ शुक्रवार १४:१०

  काठमाडौं । विश्वव्यापी राइड–सेयरिङ प्लेटफर्म उबरले नेपालमा आफ्नो औपचारिक...

बजेटले सिकाइमा सहजीकरण गरेन्, शिक्षक तथा कर्मचारीको तलबमा केन्द्रीत भयो : राजेन्द्र दाहाल

बजेटले सिकाइमा सहजीकरण गरेन्, शिक्षक तथा कर्मचारीको...

वि.सं.२०८३ जेठ २२ शुक्रवार ०८:५४

काठमाडौं । वरिष्ठ पत्रकार एवम अध्येता राजेन्द्र दाहालले सरकारले आगामी...

१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्न ‘ऊर्जा दशक’ र सङ्कटकाल घोषणा गर्न इप्पानको माग

१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन...

वि.सं.२०८३ जेठ २१ बिहीवार २३:०१

  काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का...

विद्युत् उपभोक्तामाथि थपिएको ५ प्रतिशत भ्याट तत्काल खारेज गर्न सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघको जोडदार माग

विद्युत् उपभोक्तामाथि थपिएको ५ प्रतिशत भ्याट तत्काल...

वि.सं.२०८३ जेठ २१ बिहीवार २२:५४

  काठमाडौँ — सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ–नेपाल (नेसन–NACEUN) ले...

सेयर खरिद प्रकरणमा २५ प्रतिशत अग्रिम भुक्तानी विना नै करोडौँको कारोबार भएको खुलासा

सेयर खरिद प्रकरणमा २५ प्रतिशत अग्रिम भुक्तानी...

वि.सं.२०८३ जेठ २१ बिहीवार २२:३०

काठमाडौं । भृकुटी स्टक ब्रोकिङ कम्पनीका अध्यक्ष सन्दीप चाचनले सम्पत्ति...