CG Electronics
IME Life
NIMB

सेयर खरिद प्रकरणमा २५ प्रतिशत अग्रिम भुक्तानी विना नै करोडौँको कारोबार भएको खुलासा

NIMB
Himalayan Bank

काठमाडौं । भृकुटी स्टक ब्रोकिङ कम्पनीका अध्यक्ष सन्दीप चाचनले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा दिएको बयानका क्रममा कानुन बमोजिम २५ प्रतिशत अग्रिम भुक्तानी प्राप्त नगरीकनै सेयर खरिद गरिएको स्वीकार गरेका छन्। चाचनले कानुनी आधार मिचेर केवल विश्वासका आधारमा आफ्नो कम्पनीमार्फत उक्त सेयर खरिद गरिदिएको बयान दिएका छन्।

यो कारोबार प्रतिवादी दिपिक भट्टलाई कसुर गर्न वा गराउन सहज बनाउने उद्देश्यले नगरिएको दाबी गर्दै अध्यक्ष चाचनले बीओआईडी नम्बर १३०१५०००००२४१६८१ भएका खरिदकर्ता दिपिक भट्टले नै उक्त खाताको टीएमएस सञ्चालन गर्ने गरेको स्पष्ट पारेका छन्। हाल चाचन अध्यक्ष रहेको कम्पनीले भट्टबाट २ करोड ८२ लाख २० हजार ४ सय ८८ रुपैयाँ ४५ पैसा रकम लिन बाँकी रहेको विवरणमा देखिन्छ।

यस प्रकरणमा विभिन्न व्यक्ति तथा संस्थाहरूको बैंक खाता प्रयोग गरी रकम भुक्तानी गरिएको पाइएको छ। भुक्तानीका लागि हिमालयन सेक्युरिटी बैंकर, हिमालयन क्यापिटल्स, हिमालयन रिइन्सुरेन्स, एचएलआई लार्ज क्याप फण्ड, मनि कुमारी अग्रवाल, नेपाल माइक्रो इन्सुरेन्स कम्पनी, रोहित गुप्ता र श्रेयंश गोल्छा लगायतका खाताहरू प्रयोग गरिएका थिए। हिमालयन रिइन्सुरेन्सबाट दोस्रो बजारमा लगानी गर्ने बहानामा चाचन अध्यक्ष रहेको कम्पनीमा नियमित रूपमा रकम आउने गरेको बयानमा उल्लेख छ।

दिपिक भट्टकै इच्छामा उनको नाममा सेयर खरिद गरिएको र कोलाट्रल लोड गर्न तथा खरिद गरिएको सेयरको रकम भुक्तानीका लागि भट्टले नै हिमालयन रिइन्सुरेन्स लगायतका संस्थाहरूबाट प्राप्त रकम मिलान गर्न भने बमोजिम कारोबार मिलाइएको खुल्न आएको छ। यसरी योजनाबद्ध रूपमा बीमा कम्पनी तथा अन्य वित्तीय संस्थाहरूको रकम प्रयोग गरी प्रतिवादी दिपिक भट्टको नाममा सेयर खरिद गरिएको, अग्रिम भुक्तानी नतिरीकनै ठूलो परिमाणमा उधारो कारोबार गराइएको र पछि रकम मिलान तथा खाताबन्दी गरिने गरी संयन्त्र तयार पारिएको पुष्टि भएको छ।

भृकुटी स्टक ब्रोकिङ कम्पनीका अध्यक्ष सन्दीप चाचनको बयान र दिपिक भट्ट यसै वित्तीय अनियमितताको पाटोलाई उजागर गर्दछ, जहाँ संस्थागत रकम र पहुँचको दुरुपयोग गरी गैरकानुनी रूपमा सेयर कारोबार र रकम मिलान गर्ने संयन्त्र तयार पारिएको देखिन्छ

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...