CG Electronics
IME Life
NIMB

नेको इन्स्योरेन्स ३०औँ वार्षिकोत्सवको अवसरमा रक्तदान, ५३ पिन्ट रगत संकलन

NIMB
Himalayan Bank

काठमाडौँ — देशको बीमा बजारमा ३० वर्षदेखि निरन्तर सेवा प्रदान गर्दै आएको नेको इन्स्योरेन्स लिमिटेडले आफ्नो सेवा सञ्चालनको गौरवमय ३० वर्ष पूरा गरी ३१औँ वर्षमा प्रवेश गरेको अवसरमा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। जेठ २१, २०८३ मा जारी प्रेस नोट अनुसार कम्पनीले आफ्नो ३०औँ वार्षिकोत्सवको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस कार्यक्रमको आयोजना गरेको हो।

काठमाडौँको ज्ञानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालय, बीमा भवनमा आयोजित उक्त कार्यक्रममा कर्मचारी तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो। सामाजिक हितलाई केन्द्रमा राखेर आयोजना गरिएको यस कार्यक्रममार्फत कुल ५३ पिन्ट रगत संकलन भएको कम्पनीले जनाएको छ। रक्तदान जस्तो मानवीय कार्यमा सहभागी भई कार्यक्रमलाई सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्ण रक्तदाताहरू प्रति कम्पनीले हार्दिक आभार व्यक्त गरेको छ।

यस रक्तदान कार्यक्रमको प्राविधिक सहयोग नेपाल मेडिसिटी अस्पतालबाट प्राप्त भएको थियो। रगत संकलनका अतिरिक्त कार्यक्रममा सहभागी कर्मचारी तथा सर्वसाधारणका लागि निःशुल्क स्वास्थ्य परीक्षणको समेत व्यवस्था गरिएको थियो, जसबाट सहभागीहरूले आफ्नो स्वास्थ्य अवस्थाबारे प्रारम्भिक जानकारी प्राप्त गरेर लाभान्वित भएका थिए। समाजमा रगतको उपलब्धता बढाउन तथा नागरिकमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित यस कार्यक्रमले सामाजिक सेवाप्रतिको आफ्नो प्रतिबद्धतालाई थप सुदृढ बनाएको विश्वास कम्पनीले लिएको छ। कार्यक्रमलाई सभ्य र भव्य रूपमा सफल बनाउन सहयोग पुर्‍याउने नेपाल मेडिसिटी अस्पताल, सहभागी रक्तदाता, कर्मचारी तथा प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण महानुभावहरू प्रति नेको इन्स्योरेन्स लिमिटेडले हार्दिक धन्यवाद ज्ञापन गरेको छ।

नेपाल टेलिकम र जल तथा मौसम विभागबीच विपद् पूर्वसूचना एसएमएस सेवा सम्बन्धी सम्झौता

नेपाल टेलिकम र जल तथा मौसम विभागबीच...

वि.सं.२०८३ असार ३१ बुधवार २२:१५

  काठमाडौं, असार ३१ — नेपाल टेलिकम र जल तथा...

यूनाइटेड अजोड इन्स्योरेन्सको ३२औँ वार्षिक साधारण सभा सम्पन्न, ४.२८५७ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय

यूनाइटेड अजोड इन्स्योरेन्सको ३२औँ वार्षिक साधारण सभा...

वि.सं.२०८३ असार ३१ बुधवार २१:५८

  काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३२औँ वार्षिक साधारण सभा...

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई...

वि.सं.२०८३ असार ३१ बुधवार २१:४३

  नेपाल, १५ जुलाई २०२६ - टिकटकले आफ्नो प्लेटफर्ममा एआई...

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले लिए शपथ

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले...

वि.सं.२०८३ असार ३० मंगलवार २०:३१

  काठमाडौं, असार ३०। नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले...

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले पुर्वानुमान गरेकै विशेष मूल्यमा गाडी खरिद गर्न सक्ने

प्रोटोन इ.मास ५ को बुकिङ खुला :...

वि.सं.२०८३ असार ३० मंगलवार २०:२२

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...