CG Electronics
IME Life
NIMB

प्राइम कमर्सियल बैंकका संस्थापक सीईओ नारायणदास मानन्धरको निधन

NIMB
Himalayan Bank

 

काठमाडौँ।प्राइम कमर्सियल बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ बैंकर नारायणदास मानन्धरको ८३ वर्षको उमेरमा आज निधन भएको छ। लामो समयदेखि बैंकिङ क्षेत्रको नेतृत्वदायी भूमिकामा सक्रिय मानन्धरको निधनसँगै नेपालको वित्तीय क्षेत्रमा एक महत्वपूर्ण योगदानकर्ताको अवसान भएको छ।

 

मानन्धरले सन् १९६९ मा भूमिसुधार तथा बचत निगमको शाखा प्रमुखको रूपमा सरकारी सेवा सुरु गरेका थिए। आफ्नो पाँच दशकभन्दा लामो करिअरमा उनले राष्ट्रिय धानचामल कारखानाको प्रमुख कार्यकारी अधिकृत, कृषि विकास बैंकमा प्रथम श्रेणी विभागीय प्रमुख तथा नायब महाप्रबन्धकको जिम्मेवारी वहन गरेका थिए। त्यसपछि उनी धानचामल निर्यात कम्पनीका महाप्रबन्धकसमेत बनेका थिए।

उनले संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन (FAO) मा परामर्शदाता, राष्ट्रिय वाणिज्य बैंकमा कार्यकारी सञ्चालक र लुम्बिनी बैंकमा प्रमुख कार्यकारी अधिकृतको रूपमा समेत महत्वपूर्ण भूमिका

निभाए। यस्तै, विश्व बैंकको जलविद्युत विकास कोष तथा नेपाल बंगलादेश बैंक हुँदै अन्ततः प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृतका रूपमा सेवा निवृत्त भएका थिए।

 

मानन्धरले प्राइम कमर्सियल बैंकको स्थापना कालदेखि १६ वर्षसम्म नेतृत्व सम्हाल्दै संस्थालाई स्थायित्व र विस्तारतिर अघि बढाएका थिए। बैंकका अनुसार उनको निधनले नेपालको बैंकिङ क्षेत्रमा अपूरणीय क्षति पुगेको छ।

प्राइम कमर्सियल बैंक तथा बैंकिङ क्षेत्रका प्रतिनिधिहरूले दिवंगत मानन्धरप्रति श्रद्धाञ्जलि अर्पण गर्दै दुःखेको घडीमा परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...

इनड्राइभको ‘क्रिएटर्स भेटघाट’: ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई आर्थिक सहयोग गर्ने घोषणा

इनड्राइभको ‘क्रिएटर्स भेटघाट’: ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:००

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक वर्षमा रु. ५ अर्ब ४२ करोड बीमा शुल्क संकलन, रु. ४ अर्ब ९६ करोड दाबी भुक्तानी

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक वर्षमा रु. ५...

वि.सं.२०८३ साउन ११ सोमवार ०७:५४

  काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३...

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट सम्मानित महालक्ष्मी विकास बैंक

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट...

वि.सं.२०८३ साउन १० आइतवार २२:२६

  काठमाडौं । महालक्ष्मी विकास बैंकले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मान...

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

वि.सं.२०८३ साउन १० आइतवार २२:२३

  काठमाडौं । दक्षिण एसियाली नेटवर्क अपरेटर्स ग्रुप (सानोग)को ४४औं...

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा फेसलिफ्ट, प्रारम्भिक मूल्य ७.३९ लाख भारु

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा...

वि.सं.२०८३ साउन १० आइतवार २१:५२

काठमाडौं । मारुती सुजुकीले भारतीय बजारमा २०२६ ब्रेजा फेसलिफ्ट आधिकारिक...