NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

नेपाल लाइफको नयाँ बोनस दर सार्वजनिक, अधिकतम ८५ रुपैयाँसम्म प्रदान गरिने

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ का लागि नयाँ बोनस दर सार्वजनिक गरेको छ। नेपाल बीमा प्राधिकरणबाट पुस १२ गते स्वीकृति पाएपछि कम्पनीले आर्थिक लेखाजोखा र दायित्व मूल्याङ्कनसम्बन्धी बीमाङ्कीय प्रतिवेदनका आधारमा बोनस दर निर्धारण गरेको हो।

कम्पनीका अनुसार बीमितलाई प्रतिहजार बीमांकमा न्यूनतम ५५ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनस प्रदान गरिनेछ। बोनस दर सुरक्षित जीवन, जीवन ज्योति, ग्रामीण सावधिक, सावधिक लघु, केटाकेटी सुरक्षित भविष्य, शिक्षा जीवन बीमा, जीवन लक्ष्मी तथा जीवन उदय (एकल) लगायतका योजनामा लागू हुनेछ।

‘नौलो सुरक्षित’ र ‘नौलो केटाकेटी’ जीवन बीमा योजनामा बीमा अवधिअनुसार ६५ देखि ८२ रुपैयाँसम्म बोनस तोकिएको छ।
‘जीवन समुन्नत’ योजनामा ५६ देखि ७० रुपैयाँ, ‘सुनौलो भविष्य’ (विकल्प १ र २) योजनामा ६० देखि ६५ रुपैयाँ, र एकल बीमाशुल्क विकल्पमा ५५ देखि ६० रुपैयाँ बोनस निर्धारण गरिएको छ।

सावधिक तथा आजीवन बीमालेख अन्तर्गत ‘जीवन साहारा’ र ‘अनमोल जीवन’ योजनामा बीमितले ६० देखि ८२ रुपैयाँसम्म बोनस पाउनेछन्।

अग्रिम भुक्तानी सावधिक बीमालेख ‘जीवन समृद्धि’ योजनामा सबै अवधिका लागि ५० रुपैयाँ, तथा धन वर्षा, नौलो धन वर्षा, जीवन उन्नति, छोराछोरी र सदावहार जीवन योजनामा ५६ रुपैयाँ बोनस तोकिएको छ।

‘नौलो जीवन समृद्धि’ योजनामा पनि सबै अवधि बराबर ५६ रुपैयाँ बोनस कायम गरिएको छ।
अन्य योजनामध्ये ‘जीवन सारथी’ बीमालेखमा बीमा अवधिअनुसार ६२ देखि ८५ रुपैयाँसम्म बोनस पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा अब ६० सेकेन्ड पल्स दर लागू

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा अब ६० सेकेन्ड...

वि.सं.२०८३ भदौ ४ बिहीवार १०:३८

  काठमाडौं । एनसेलले अन्तर्राष्ट्रिय आउटगोइङ अर्थात् बहिर्गमन कलका लागि...

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता हुँदै

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०९:३७

  काठमाडौं । नेपालको बीमा क्षेत्रमा गौरवशाली इतिहास बोकेको नेपाल...

राठी ट्रेडिङद्वारा अत्याधुनिक सर्भिस सेन्टर र चार्जिङ नेटवर्क सञ्चालनमा

राठी ट्रेडिङद्वारा अत्याधुनिक सर्भिस सेन्टर र चार्जिङ...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०९:३१

काठमाडौं । चीनको प्रसिद्ध कम्पनी शाङच मोटर्सद्वारा उत्पादित आरजेडएम ब्रान्डका...

३५ लाख ९९ हजारमै फुल एसयूभी, नेपाली बजारमा आयो नामी भिगो ई–२

३५ लाख ९९ हजारमै फुल एसयूभी, नेपाली...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०७:४०

  काठमाडौं । डोङफेङ नामीको नयाँ विद्युतीय एसयूभी ‘नामी भिगो...

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा अटो शो २०२६

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:३१

                    नाडाको ५०औँ वार्षिकोत्सवमा...

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो बजारमा ऐतिहासिक सफलतापछि नाडा अटो शोमा भव्य सार्वजनिक हुँदै

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:२१

   उत्कृष्ट कार्यसम्पादन, अत्याधुनिक प्रविधि र भविष्यवादी डिजाइनसहित भदौ दोस्रो...