NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

इन्जिन र फिचर अपडेटसहित नयाँ हन्टर ३५० नेपाली बजारमा

NIMB
leapmotornepal (citroen)

काठमाडौं । रोयल इनफिल्डको बजेट श्रेणीमा पर्ने हन्टर ३५० अब इन्जिन तथा फिचर अपडेटसहित नेपाली बजारमा आएको छ। नेपाली बजारमा पहिले नै उपलब्ध यो मोडल अब बीएस–६ इन्जिनसहित सार्वजनिक गरिएको हो।

नेपालका लागि रोयल इनफिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ्सले सोमबार आयोजित कार्यक्रममार्फत नयाँ हन्टर ३५० लन्च गरेको हो। कार्यक्रममै ११ जना ग्राहकलाई बाइकको चाबी हस्तान्तरण गरिएको थियो।

सिंगल र डुअल टोन भेरियेन्टमा उपलब्ध हन्टर ३५० को मूल्य क्रमशः ४ लाख ९५ हजार र ५ लाख रुपैयाँ तोकिएको छ। कम्पनीका अनुसार नयाँ हन्टर ३५० नेपालमै एसेम्बल गरिनेछ।

अपडेटेड मोडलमा डुअल च्यानल एबिएस, स्लिप असिस्ट क्लच, नयाँ सस्पेन्सन सेटअप, डिजिटल क्लस्टर, पूर्ण LED लाइट र उच्च ग्राउन्ड क्लियरियन्स जस्ता फिचर समावेश गरिएका छन्।

कम्पनीले इन्जिन र फिचर दुवैमा गरिएको सुधारले हन्टर ३५० लाई नेपाली बजारमा अझ आकर्षक र प्रतिस्पर्धी बनाउने विश्वास व्यक्त गरेको छ।

३५ लाख ९९ हजारमै फुल एसयूभी, नेपाली बजारमा आयो नामी भिगो ई–२

३५ लाख ९९ हजारमै फुल एसयूभी, नेपाली...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०७:४०

  काठमाडौं । डोङफेङ नामीको नयाँ विद्युतीय एसयूभी ‘नामी भिगो...

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा अटो शो २०२६

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:३१

                    नाडाको ५०औँ वार्षिकोत्सवमा...

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो बजारमा ऐतिहासिक सफलतापछि नाडा अटो शोमा भव्य सार्वजनिक हुँदै

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:२१

   उत्कृष्ट कार्यसम्पादन, अत्याधुनिक प्रविधि र भविष्यवादी डिजाइनसहित भदौ दोस्रो...

५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा : अटो शोमार्फत उद्योग,...

वि.सं.२०८३ भदौ ३ बुधवार २१:५६

  काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी...

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो गाडी दिएर नयाँ पञ्च ईभी र टियागो ईभी साट्न सकिने

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो...

वि.सं.२०८३ भदौ ३ बुधवार १३:४६

    काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक...

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ १५ सम्म नाइमाको अफर कायम

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:४९

  काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटोरोक्स प्रालिले नाइमा...