CG Electronics
IME Life
NIMB

भिभो एक्स३०० प्रो नेपाली बजारमा, २०० मेगापिक्सेल जाइस क्यामेरा मुख्य आकर्षण

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । भिभोले आफ्नो नवीनतम फ्ल्यागशिप स्मार्टफोन भिभो एक्स३०० प्रो नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ। व्यावसायिक मोबाइल फोटोग्राफीलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यका साथ ल्याइएको यस स्मार्टफोनमा अत्याधुनिक जाइस क्यामेरा प्रविधि, शक्तिशाली कार्यसम्पादन र उन्नत सफ्टवेयर अनुभव समेटिएको कम्पनीले जनाएको छ।

भिभो एक्स३०० प्रो प्रिमियम रङ विकल्पहरू फ्यान्टम ब्ल्याक (कालो) र ड्युन ब्राउन (खैरो) मा उपलब्ध हुनेछ। यसको मूल्य रु. १,७९,९९९ तोकिएको छ। यो स्मार्टफोन मंसिर २९, २०८२ देखि दराज तथा देशभरका आधिकारिक बिक्री केन्द्रहरूमा उपलब्ध हुनेछ।

यस स्मार्टफोनको प्रमुख विशेषता यसको व्यावसायिक इमेजिङ सिस्टम हो, जुन जाइससँगको सहकार्यमा विकास गरिएको हो। भिभो एक्स३०० प्रोमा २०० मेगापिक्सेल जाइस एपीओ टेलिफोटो क्यामेरा समावेश गरिएको छ, जसले अल्ट्रा–सेन्सिङ एचपीबी सेन्सर र ५.५-रेटेड स्टेबलाइजेसन मार्फत टाढाका दृश्यहरूलाई पनि अत्यन्त स्पष्ट र स्थिर रूपमा कैद गर्न सक्षम बनाउँछ। यसलाई एलवाईटी–८२८ सेन्सर सहितको जाइस गिम्बल–ग्रेड मेन क्यामेराले साथ दिएको छ, जसले उज्यालो तथा कम प्रकाश दुवै अवस्थामा प्राकृतिक रङ र सूक्ष्म विवरण प्रस्तुत गर्छ।

क्यामेरा अनुभवलाई थप सशक्त बनाउन प्रो इमेजिङ चिप भिएस१ र सह–विकसित डाइमेन्सिटी ९५०० भि३ प्लस इमेजिङ चिप प्रयोग गरिएको छ। यस संयोजनले छिटो इमेज प्रोसेसिङ, उत्कृष्ट लो–लाइट कार्यसम्पादन तथा २०× लङ–रेन्ज मोसन स्न्यापसट, टेलिफोटो फ्लावर र बर्ड सट्स जस्ता फिचरहरू प्रदान गर्छ, जसमा जाइसको विशिष्ट मिरर–रिङ इफेक्ट पनि समावेश गरिएको छ। साथै, ५० मेगापिक्सेल जाइस वाइड–एङ्गल फ्रन्ट क्यामेरा ले ठूलो फ्रेम कभरेजसहित प्राकृतिक सेल्फी अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।

क्यामेरा क्षमतासँगै, भिभो एक्स३०० प्रोले नेपालमा ओरिजिन ओएस ६ को सुरुवात गरेको छ। उन्नत एआई प्रणाली र परफर्मेन्स इन्जिनद्वारा सञ्चालित यस अपरेटिङ सिस्टमले सहज ट्रान्जिसन, छिटो प्रतिक्रिया र प्रयोगकर्तामैत्री अनुभव प्रदान गर्छ। ओरिजिन आइसल्यान्ड ले सन्दर्भअनुसारका रिमाइन्डर र रियल–टाइम सुझावहरू उपलब्ध गराउँछ भने भिभो अफिस किट ले फोन–टु–पीसी कनेक्टिभिटी, फाइल ट्रान्सफर र मल्टि–डिभाइस उत्पादकत्वलाई सहज बनाउँछ।

डिजाइन र डिस्प्ले पक्षमा, यस स्मार्टफोनमा जाइस मास्टर कलर डिस्प्ले, ८टी एलटीपीओ टेक्नोलोजी र १.१ मिलिमिटर अल्ट्रा–स्लिम सिमेट्रिक बेजेल प्रयोग गरिएको छ, जसले आकर्षक र आरामदायी दृश्य अनुभव दिन्छ। डाइमेन्सिटी ९५०० प्रोसेसर द्वारा सञ्चालित एक्स३०० प्रोमा ६५१० मिलिआम्पियर ब्लुभोल्ट ब्याट्री, ९० वाट फ्ल्यासचार्ज तथा ४० वाट वायरलेस फ्ल्यासचार्ज सुविधा उपलब्ध छ।

साथै, आईपी६८ तथा आईपी६९ रेटिङ, आर्मर ग्लास, र थ्रीडी अल्ट्रासोनिक फिङ्गरप्रिन्ट स्क्यानिङ २.० ले यस स्मार्टफोनलाई दैनिक प्रयोगका लागि मजबुत, सुरक्षित र भरपर्दो बनाएको कम्पनीको भनाइ छ।

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...