CG Electronics
IME Life
NIMB

पायोनियर मोटो कर्पद्वारा ‘निसान म्याग्नाइट महा धमाका’ अफर सार्वजनिक

NIMB
Himalayan Bank

 

काठमाडौँ । नेपालका लागि निसान सवारी साधनको एक मात्र आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रा. लि. ले क्रिसमस र नयाँ वर्षको अवसरमा विशेष ‘निसान म्याग्नाइट महा धमाका’ अफर सार्वजनिक गरेको छ।

सीमित अवधिका लागि लागू हुने यस अफरमार्फत ग्राहकहरूले निसान म्याग्नाइट खरिद गर्दा आकर्षक नगद छुट, एक्सचेन्ज बोनस, निःशुल्क सेवा तथा वारेन्टीलगायतका सुविधा प्राप्त गर्ने कम्पनीले जनाएको छ। यस अभियानले नेपाली परिवारहरूका लागि लक्जरी र सुरक्षित मोबिलिटीलाई अझ पहुँचयोग्य बनाउने लक्ष्य लिएको छ।

अफरअन्तर्गत निसान म्याग्नाइट खरिदमा रु. १ लाख नगद छुट प्रदान गरिनेछ भने पुरानो गाडी एक्सचेन्ज गर्दा रु. १ लाख एक्सचेन्ज बोनस उपलब्ध हुनेछ। साथै, ग्राहकहरूले ३ वर्ष निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी, १ वर्षको सम्पूर्ण बिमा तथा चालु आर्थिक वर्षको रोड ट्याक्स सुविधा पनि प्राप्त गर्नेछन्।

यसका अतिरिक्त, ग्राहकहरूका लागि आईफोन १७ र जोडीका लागि थाइल्याण्ड यात्रा जस्ता आकर्षक उपहार जित्ने अवसरसमेत राखिएको छ।

निसान म्याग्नाइट नेपालमा लोकप्रिय कम्प्याक्ट एसयूभीमध्ये एक मानिन्छ। यसले ५-स्टार एनक्याप सेफ्टी रेटिङ प्राप्त गरेको छ। गाडीमा ६ एयरब्याग, हिल-असिस्ट कन्ट्रोल, ३६० डिग्री क्यामेरा, ८ इन्च टचस्क्रिन, एन्ड्रोइड अटो र एप्पल कारप्ले जस्ता आधुनिक सुरक्षा तथा सुविधा समावेश छन्। २०५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स का कारण यो नेपाली सडकका लागि उपयुक्त रहेको कम्पनीको भनाइ छ।

यो अफर नेपालभर लागू हुने जनाइएको छ। इच्छुक ग्राहकहरूलाई नजिकैको निसान शोरुम वा काठमाडौँको थापाथलीस्थित पायोनियर मोटो कर्पको मुख्य कार्यालयमा पुगेर टेस्ट ड्राइभ बुक गर्न कम्पनीले आग्रह गरेको छ।

पायोनियर मोटो कर्प प्रा. लि. नेपालमा निसान सवारी साधनको आधिकारिक वितरक हो, जसले देशभरको डिलर नेटवर्कमार्फत बिक्री, सेवा तथा स्पेयर पार्ट्स सुविधा प्रदान गर्दै आएको छ।

२३ औँ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड भदौ १८ गते, मुख्य प्रायोजकमा गोल्छा ग्रुप

२३ औँ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड भदौ...

वि.सं.२०८३ साउन ९ शनिवार १७:१४

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष...

म्याक्ससको नयाँ इलेक्ट्रिक पिकअप ‘ई–टेरोन ९ कम्फर्ट’ नेपालमा, पहिलो ५० ग्राहकलाई ८८ लाखमै

म्याक्ससको नयाँ इलेक्ट्रिक पिकअप ‘ई–टेरोन ९ कम्फर्ट’...

वि.सं.२०८३ साउन ८ शुक्रवार ०७:५६

  काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालय मोट्रक्स प्रालिले नेपाली...

जीडब्लुएम ओरा–५ ले एक महिनामै बनायो प्रिमियम विद्युतीय एसयूभी बजारमा बलियो उपस्थिति

जीडब्लुएम ओरा–५ ले एक महिनामै बनायो प्रिमियम...

वि.सं.२०८३ साउन ७ बिहीवार २१:४३

  काठमाडौं। नेपालमा औपचारिक रूपमा सार्वजनिक भएको एक महिनामै जीडब्लुएम...

TVS मोटर कम्पनीले नेपालमा TVS ORBITER सार्वजनिक गर्‍यो – स्मार्ट, दिगो र सहरी EV यात्राको समाधान

TVS मोटर कम्पनीले नेपालमा TVS ORBITER सार्वजनिक...

वि.सं.२०८३ साउन ७ बिहीवार १७:३४

  • 158 km IDC रेन्ज, क्रुज कन्ट्रोल, हिल होल्ड...

साउदीबाट टिक्मोमार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका अभिषेकले जिते बीवाइडी अटो १ ईभी कार

साउदीबाट टिक्मोमार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:४२

  काठमाडौं । साउदी अरेबियाबाट टिक्मोमार्फत आइएमई गरेर नेपाल पैसा...

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:५९

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...