CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ २ शनिवार

skip this Crompton : Electronics  (Content Block)3

धानखोला–लमही सडक मर्मतका लागि एमसीए नेपालसँग ठेक्का सम्झौता

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौँ । मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमसीए नेपाल) अन्तर्गत धानखोला–लमही सडक खण्ड मर्मतका लागि ठेक्का सम्झौता भएको छ । लुम्बिनी प्रदेशको राजधानी देउखुरी क्षेत्रमा चार लेन सडकको मागसहित आन्दोलन भइरहेका बेला सोमबार उक्त सम्झौता सम्पन्न भएको हो ।

एमसीए नेपाल र सम्बन्धित परामर्शदाता कम्पनीबीच भएको सम्झौताअनुसार धानखोला–लमही ४० किलोमिटर सडक खण्डको स्तरोन्नति फुल डेप्थ रेक्लेमेसन तथा सुपरपेभ प्रविधि प्रयोग गरी गरिनेछ । यससँगै सडक मर्मत कार्यको सुपरीवेक्षणका लागि परामर्श सेवा तथा नारायणघाट–मुग्लिन सडक खण्डको आवधिक मर्मतसम्भारका लागि डिजाइन तथा निर्माण सुपरीवेक्षण सेवासम्बन्धी सम्झौता पनि गरिएको छ ।

एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टका अनुसार धानखोला–लमही सडकको सम्पूर्ण मर्मत कार्य दुई वर्षभित्र सम्पन्न गर्नुपर्नेछ । ‘यो सम्झौता २४ महिनाको हो । यस अवधिमा धानखोला–लमही सडकको मर्मत सम्पन्न गर्ने र नारायणघाट–मुग्लिन सडकलाई नयाँ प्रविधिअनुसार डिजाइन गरिनेछ,’ उनले भने ।

विष्टका अनुसार धानखोला–लमही सडक मर्मतका लागि करिब २ करोड अमेरिकी डलर (झण्डै ३ अर्ब रुपैयाँ) खर्च हुने अनुमान गरिएको छ भने सुपरीवेक्षण परामर्श सेवामा ३७ लाख अमेरिकी डलर (करिब ५० करोड रुपैयाँ) खर्च हुने छ ।

एमसीए नेपाल अन्तर्गत हाल विद्युत् प्रशारण र सडक मर्मत गरी दुई प्रमुख आयोजना अघि बढाइएका छन् । विद्युत् प्रशारणतर्फ ६ वटा ठेक्का सम्झौता भइसकेको र सडक मर्मततर्फ सोमबारको सम्झौतासहित जम्मा ७ वटा ठेक्का सम्झौता भएको विष्टले जानकारी दिए ।

एमसीए नेपालका परियोजनाहरू पाँच वर्षभित्र सम्पन्न गर्नुपर्ने बाध्यता रहेकाले बाँकी करिब २ वर्ष ८ महिनाभित्र सबै काम सम्पन्न गरिने दाबी गरिएको छ । तर, यही विकास परियोजनाको केन्द्रमा रहेको देउखुरी क्षेत्रमा भने असन्तुष्टि बढ्दै गएको छ ।

स्थानीयवासी तथा संघर्ष समितिहरूले धानखोला–लमही सडकलाई दुई लेनमै सीमित गर्ने तयारीले प्रदेश राजधानीको दीर्घकालीन विकास प्रभावित हुने भन्दै विरोध जनाएका छन् । धानखोला–लमही चार लेन सडक निर्माण संघर्ष समितिका संयोजक प्रकाश शाहीले पुस महिनाभर देउखुरी क्षेत्रमा मुख्यमन्त्रीसहित सबै सरकारी गाडी निषेध गर्ने घोषणा गर्दै आन्दोलन सुरु गरिएको जानकारी दिए ।

उनका अनुसार सोमबार बिहान ९ बजेदेखि देउखुरीस्थित प्रदेश राजधानी गेट तथा राप्ती गाउँपालिका–३ स्थित प्रदेश प्रशासनिक क्षेत्र (पुरानो आरटिएस गेट) मा भेला भएर प्रदर्शन सुरु गरिएको हो । समितिले देउखुरीवासीलाई सरकारी गाडी रोकेर चार लेन सडकको पक्षमा दबाब सिर्जना गर्न आह्वान गरेको छ ।

स्थानीय संघर्ष समितिहरूले राज्यले जनताको आवश्यकता र प्रदेश राजधानीको दीर्घकालीन योजनाभन्दा दातृ निकायको प्राथमिकताअनुसार निर्णय गर्न खोजेको र पर्याप्त स्थानीय छलफलविना भएका निर्णयले नागरिकमा असन्तोष बढाएको आरोप लगाएका छन् ।

आन्दोलनकै बीच सम्पन्न भएको एमसीए नेपाल अन्तर्गतको ठेक्का सम्झौताले देउखुरी क्षेत्रमा विकास परियोजना, राजनीतिक दबाब र जनभावनाबीचको विवाद अझ चर्किने संकेत देखिएको छ ।

व्यवसायी दीपक भट्ट पक्राउ प्रकरण : न्यायिक हिरासतदेखि राजनीतिक शक्ति संघर्षसम्मको गहिरो कथा

व्यवसायी दीपक भट्ट पक्राउ प्रकरण : न्यायिक...

वि.सं.२०८३ जेठ १ शुक्रवार २०:३९

काठमाडौं । नेपालमा कुनै समय राजनीतिक नेतृत्व, उच्च प्रशासन र...

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : अर्थसचिव उपाध्याय

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण :...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २२:४८

  काठमाडौँ । अर्थसचिव घनश्याम उपाध्यायले निजी क्षेत्रको आत्मबल बढाउनु...

नीति तथा कार्यक्रम सुशासन, भ्रष्टाचार नियन्त्रण र आर्थिक सुधार केन्द्रित : अर्थमन्त्री वाग्ले

नीति तथा कार्यक्रम सुशासन, भ्रष्टाचार नियन्त्रण र...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २२:१५

  काठमाडौं । अर्थमन्त्री स्वर्णीम वाग्लेले आगामी आर्थिक वर्ष २०८३÷८४...

एनआइएमबि बैंकका सीइओ पाण्डेलाइ थुनाबाहिर राखेर अनुसन्धान गर्न माग

एनआइएमबि बैंकका सीइओ पाण्डेलाइ थुनाबाहिर राखेर अनुसन्धान...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २१:०९

  काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी...

राष्ट्रिय नागरिक घोषणापत्र २०८३ सार्वजनिक, लोकतन्त्र र नागरिक अधिकार संरक्षणमा जोड

राष्ट्रिय नागरिक घोषणापत्र २०८३ सार्वजनिक, लोकतन्त्र र...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १६:१३

काठमाडौं । गैरसरकारी संस्था महासंघ नेपालले लोकतन्त्र, मानवअधिकार, सामाजिक न्याय...

विद्युत् नियमन आयोगका पदाधिकारी नियुक्तिका लागि खुला प्रतिस्पर्धा प्रक्रिया सुरु

विद्युत् नियमन आयोगका पदाधिकारी नियुक्तिका लागि खुला...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १३:३४

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका...