CG Electronics
IME Life
NIMB

फोनिजको तेस्रो संघीय पूर्ण बैठक सम्पन्न, ११ बुँदे कालावाङ घोषणापत्र जारी

NIMB
Himalayan Bank

कास्की । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को संघीय समितिको तेस्रो पूर्ण बैठक कास्की जिल्लाको कालावाङमा सम्पन्न भएको छ । लक्की चौधरीको अध्यक्षतामा २०८२ पुस ४ र ५ गते दुई दिनसम्म चलेको बैठकले ११ बुँदे कालावाङ घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासङ्घविरुद्ध चरणबद्ध देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ ।

बैठकले नेपाल पत्रकार महासङ्घको महाधिवेशनले दिएको म्यान्डेटअनुसार संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठसम्बन्धी विषयमा उच्चस्तरीय अध्ययन समिति गठन नगरेको र संस्थापक घोषणा नगरेकोप्रति गम्भीर आपत्ति जनाएको छ । उक्त प्रक्रिया तत्काल अघि नबढाइए आन्दोलनमा उत्रिने फोनिजको चेतावनी छ ।

घोषणापत्रमा पछिल्ला आन्दोलनका क्रममा सञ्चार माध्यम र सञ्चारकर्मीमाथि भएका आक्रमणको निन्दा गरिएको छ । रिपोर्टिङकै क्रममा तेह्रथुममा फोनिज जिल्ला अध्यक्ष बबीता राईमाथि भएको आक्रमणप्रति भत्र्सना गर्दै दोषीमाथि छानबिन र कडा कारबाहीको माग गरिएको छ । पत्रकारलाई निर्बाध समाचार लेख्ने वातावरण सुनिश्चित गर्न तीनै तहका सरकारसँग आग्रह गरिएको छ ।

बैठकले श्रमजीवी पत्रकारका लागि तोकिएको न्यूनतम पारिश्रमिक सबै सञ्चार संस्थामा लागू गर्न, स्वरोजगारमूलक मिडियाको संरक्षण र प्रवर्धन गर्न सरकारसँग माग गरेको छ । मातृभाषामा प्रकाशित तथा प्रसारित सञ्चार माध्यमको अवस्था दयनीय रहेकाले मातृभाषी पत्रकारको क्षमता अभिवृद्धि र आर्थिक सुदृढीकरणका लागि ठोस कार्यक्रम ल्याउनुपर्ने माग पनि घोषणापत्रमा उल्लेख छ ।

प्रेस काउन्सिल नेपालले गरेको पत्रपत्रिका वर्गीकरणमा आदिवासी जनजाति समुदायले सञ्चालन गरेका सञ्चार माध्यमप्रति विभेद भएको भन्दै तत्काल संशोधन गर्न माग गरिएको छ । सदस्य संख्या र संगठनात्मक सञ्जालका आधारमा देशकै ठूलो पत्रकार संगठन फोनिजलाई सरकारले दिने अनुदानमा सम्मानजनक व्यवहार गर्नुपर्ने उल्लेख गरिएको छ ।

संविधानले सुनिश्चित गरेका संघीयता, समावेशीता, समानुपातिक व्यवस्था, स्वायत्तता तथा विशेष र संरक्षित क्षेत्रसम्बन्धी प्रावधान प्रभावकारी रूपमा कार्यान्वयन गर्न कानुन निर्माण गरी लागू गर्न सरकारसँग माग गरिएको छ । प्रदेश १ मा जारी पहिचान आन्दोलन, मुकुमलुङ र खुवालुङसम्बन्धी समस्या वार्ता र संवादबाट समाधान गर्न आग्रह गरिएको छ ।

बैठकले गण्डकी प्रदेश अन्तर्गत पोखरा महानगरमा सम्पन्न पोखरा भ्रमण वर्ष २०२५ सफल भएको उल्लेख गर्दै आगामी दिनमा कालावाङसहित ग्रामीण तथा होमस्टे पर्यटन प्रवर्धनमा तीनै तहका सरकारको ध्यानाकर्षण गराएको छ ।

महासचिव समीर बलामीका अनुसार बैठकले राष्ट्रिय कार्यशाला, जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला, मातृभाषा पत्रकारितासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, पत्रकार क्षमता अभिवृद्धि तथा फेलोसिप कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

हाल फोनिजका स्वदेश तथा विदेशमा गरी ९७ वटा शाखा समिति छन् भने ४ हजार ५ सय ६४ जना पत्रकार महासङ्घमा आवद्ध रहेका छन् ।

मिति : २०८२ मंसिर ५ गते ।

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...