CG Electronics
IME Life
NIMB

सिटिजन्स सन्तुलित योजनामा मागभन्दा २५ प्रतिशत बढी आवेदन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धक रहेको सिटिजन्स म्युचुअल फण्ड अन्तर्गतको चौथो बन्दमुखी योजना ‘सिटिजन्स सन्तुलित योजना’ मा मागभन्दा उल्लेख्य रूपमा बढी आवेदन परेको छ ।

रु. १ अर्ब आकारको उक्त योजनाको इकाई बिक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त भई २०८२ साल पौष ४ गतेदेखि पौष १८ गतेसम्म सार्वजनिक निष्काशन तथा बिक्री खुला गरिएको थियो । प्रारम्भिक विवरण अनुसार सो अवधिभित्र सर्वसाधारण तथा संस्थागत लगानीकर्ताबाट रु. १ अर्ब २५ करोडभन्दा बढी, अर्थात मागभन्दा करिब २५ प्रतिशत बढी रकमका लागि आवेदन प्राप्त भएको सिटिजन्स क्यापिटलले जनाएको छ ।

उक्त योजना बढी आवेदन प्राप्त गर्ने म्युचुअल फण्डहरूमध्ये एक हुन सफल भएको कम्पनीको भनाइ छ । योजनाप्रति लगानीकर्ताको आकर्षण र उल्लेखनीय सहभागिताले सिटिजन्स क्यापिटल लिमिटेडलाई नेपालको पूँजी बजारमा दक्ष, व्यवसायिक तथा विश्वसनीय संस्थाको रूपमा स्थापित गरेको संकेत गर्ने कम्पनीले उल्लेख गरेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सहायक कम्पनीका रूपमा रहेको सिटिजन्स क्यापिटलमा कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी–व्यवसायीहरूको लगानी रहेको छ । कम्पनीका अध्यक्ष राजेन्द्र लाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ रहेका छन् ।

सिटिजन्स क्यापिटलले योजना व्यवस्थापक तथा डिपोजिटरी, पोर्टफोलियो व्यवस्थापन सेवा, धितोपत्र प्रत्याभूति, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, शेयर रजिस्ट्रार सेवा तथा संस्थागत परामर्श सेवा लगायतका सेवाहरू प्रदान गर्दै आएको छ ।

कम्पनीले आगामी दिनहरूमा पारदर्शिता, सुशासन र लगानी जोखिम व्यवस्थापनमा निरन्तर सुधार गर्दै प्रविधिमैत्री तथा लगानीमैत्री सेवामार्फत लगानीकर्तालाई विश्वसनीय र प्रतिस्पर्धी सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । साथै, निकट भविष्यमा विभिन्न प्रकृतिका सामूहिक लगानी कोषका नयाँ योजनाहरू सञ्चालन गर्ने र हालका योजनामार्फत उच्च प्रतिफल प्रदान गर्ने उद्देश्यसहित कार्यरत रहने जनाएको छ ।

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...