CG Electronics
IME Life
NIMB

नेपाल–कतार आर्थिक सहकार्यलाई परिणाममुखी साझेदारीमा लैजान अध्यक्ष ढकालको जोड

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र कतारबीचको निजी क्षेत्र सहकार्यलाई संवादमा मात्र सीमित नराखी ठोस लगानी, संयुक्त परियोजना र परिणाममुखी साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष शेख खलिफा बिन जासिम बिन मोहम्मद अल थानीसँग सोमबार कतारमा भएको भेटका क्रममा अध्यक्ष ढकालले दुवै देशबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने समय आएको बताउनुभयो । उहाँले नेपाल–कतार सम्बन्ध केवल कूटनीतिक नभई जनस्तरको विश्वास र सहकार्यमा आधारित रहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष ढकालले ऊर्जा, पूर्वाधार, वित्त, लगानी, पर्यटन, सेवा र लजिस्टिक्स क्षेत्रमा कतारको क्षमतालाई नेपालमा उपयोग गर्न निजी क्षेत्रस्तरको साझेदारी आवश्यक रहेको बताउनुभयो । साथै सन् २०२३ अक्टोबरमा कतारका अमिरको नेपाल भ्रमणका क्रममा भएको सहमतिअनुसार नेपाल–कतार संयुक्त वाणिज्य परिषद् (जेबीसी) शीघ्र सञ्चालन गर्न महासंघ तयार रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाली पक्षबाट निजी क्षेत्रका प्रतिनिधिहरूको नामावली अन्तिम भइसकेको छ र संयुक्त वाणिज्य परिषद् बिटुबी सहकार्य प्रवर्द्धन, लगानी अवसर पहिचान तथा संयुक्त परियोजना अघि बढाउने प्रभावकारी मञ्च बन्नेछ ।

नेपालमा जलविद्युत्, नवीकरणीय ऊर्जा, पर्यटन, कृषि प्रशोधन, सूचना प्रविधि, उत्पादन, पूर्वाधार, स्वास्थ्य र शिक्षामा लगानीका आकर्षक अवसरहरू रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले विशेषगरी जलविद्युत् क्षेत्र दीर्घकालीन साझेदारीका लागि उपयुक्त रहेको बताउनुभयो । पर्यटन क्षेत्रमा होटल, रिसोर्ट, साहसिक तथा स्वास्थ्य पर्यटन र विमानन सेवामा पनि कतारी लगानीको सम्भावना रहेको उहाँको भनाइ थियो ।

कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष शेख खलिफा बिन जासिम बिन मोहम्मद अल थानीले भेटवार्ताले नेपाल–कतार आर्थिक साझेदारीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै महासंघसँगको सहकार्यलाई आगामी दिनमा अझ सुदृढ बनाउने प्रतिबद्धता जनाउनुभयो । उहाँले संयुक्त वाणिज्य परिषद् छिट्टै अन्तिम रूप दिने विषयमा सकारात्मक रहेको बताउनुभएको अध्यक्ष ढकालले जानकारी दिनुभयो ।

अध्यक्ष ढकालले महासंघको पहलमा नेपाल सरकारले लगानी वातावरण सुधारका लागि गरेका नीतिगत तथा कानुनी सुधार, डिजिटल प्रणाली, सार्वजनिक–निजी साझेदारी र प्रक्रियागत सरलीकरणबारे पनि जानकारी दिनुभयो । हालै नेपालमा देखिएको युवा (जेन–जी) आन्दोलनलाई सुशासन र पारदर्शिताको सकारात्मक संकेतका रूपमा उल्लेख गर्दै यसले दीर्घकालीन रूपमा स्थिर व्यवसायिक वातावरण निर्माणमा सहयोग पुग्ने उहाँको धारणा थियो ।

भेटका क्रममा अध्यक्ष ढकालले कतार चेम्बरका अध्यक्षलाई महासंघको आगामी वार्षिक साधारणसभामा सहभागी हुन औपचारिक निमन्त्रणा दिनुभएको र उक्त निमन्त्रणालाई स्वीकार गर्दै कतार चेम्बरका अध्यक्षले सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको जानकारी दिइएको छ ।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १८:४२

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्ड २०२६ अन्तर्गत ब्रोंज अवार्डबाट सम्मानित

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक...

वि.सं.२०८३ साउन ९ शनिवार १६:४०

  काठमाडौं, नेपाल – २०८३ श्रावण ४ – द ब्रिटिस...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

धरौटीसम्बन्धी मन्त्रीको अभिव्यक्तिप्रति ECAN को आपत्ति, आधिकारिक निर्णय नभएको दाबी

धरौटीसम्बन्धी मन्त्रीको अभिव्यक्तिप्रति ECAN को आपत्ति, आधिकारिक...

वि.सं.२०८३ साउन ९ शनिवार १४:२५

  काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शिक्षा, विज्ञान...

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ सम्मान

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई...

वि.सं.२०८३ साउन ९ शनिवार १४:१३

  काठमाडौं, नेपाल। नबिल बैंकले इन्डियन चेम्बर अफ कमर्स (आईसीसी)द्वारा...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता...

वि.सं.२०८३ साउन ९ शनिवार १४:०१

काठमाडौं, नेपाल | ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा...